What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अस्थायी डाईभर्सन बगायो, पूर्ब पश्चिम राजमार्ग अबरुद्ध, हजारौं यात्रु अलपत्र
What To Know
- कावासाेती । पूर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका को अरुणखोला पुल भाँचिए पछि बुधबार देखि अबरुद्ध बनेको पुर्ब पशिचम राजमार्गमा आज केही घण्टा सवारी यातायात चले पनि साँझ डाईभर्सन बगाए पछि यातायात पुनः अबरुद्ध भएको छ ।.
- सवारी आवागमन सहज बनाउन खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको तर सो बाढीले बगाए पछि यातायात पुर्ण रुपमा ठप्प भएको सडक डिभिजनले जनाएको छ । बुधबारदेखि अबरुद्ध सडक तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको र आज चार घण्टा सो डाईभर्सन बाट यातायात संचालनमा आए पनि साँझ ८.
कावासाेती । पूर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका को अरुणखोला पुल भाँचिए पछि बुधबार देखि अबरुद्ध बनेको पुर्ब पशिचम राजमार्गमा आज केही घण्टा सवारी यातायात चले पनि साँझ डाईभर्सन बगाए पछि यातायात पुनः अबरुद्ध भएको छ ।
भाँचिएको पुलमा साना सवारीलाई पुलबाटै सञ्चालन गरिए पनि सो समेत बन्द गरिए पछि दिउँसो एक छिनको लागि डाईभर्सन बनाएर यातायात संचालन गरिए पनि साँझ ८.०० बजे डाईभर्सन बगाए पछि यातायात पूर्ण रुपमा ठप्प भएको जिलला प्रहरी कार्यालय पुर्बी नवलपरासीले जनाएको छ ।
सवारी आवागमन सहज बनाउन खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको तर सो बाढीले बगाए पछि यातायात पुर्ण रुपमा ठप्प भएको सडक डिभिजनले जनाएको छ । बुधबारदेखि अबरुद्ध सडक तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको र आज चार घण्टा सो डाईभर्सन बाट यातायात संचालनमा आए पनि साँझ ८.०० बजे बाढीले डाईभर्सन बगाए पछि हजारौं सवारी साधन र १० हजार बढि यात्रु अलपत्र परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाए पछि यातायात अवरुद्ध भएको र आज राती नै सकेसम्म पुन डाईभर्सन हालेर यातायात संचालनमा ल्याईने प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले बताउनुभयो । भाँचिएको पुल मर्मतका लागि १५ दिनको समय लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।