नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपालको टि ट्वान्टी विश्वकप खेल्ने सपना अधुरो, ८२ रनले पराजित
काठमाडौं । टि ट्वान्टी विश्वकप छनोटका लागि सिंगापुरमा भएको अन्तिम खेलमा नेपालले लज्जापद हार व्यहोरेको छ ।
यो हार सँगै नेपालको टी ट्वान्टी विश्वकप खेल्ने सपना अधुरो भएको छ । आइतबार सिङ्गापुरसँग भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको हो ।
सुरुमा १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सफल भयो । नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।