किन राखिएन नेपाली नोटमा बुद्धको तस्बिर ? डिजाइनरले खुलाए खास कारण

काठमाडौँ । पैसामा सबैको ध्यान छ त्यो पनि सकेसम्म ठूला दरकै नोटमा । तर त्यो नोटको डिजाइन कसले गरेको होला ? सायद हामी धेरैले कहिल्लै सोचेनौ । केही नेपाली नोट डिजाइनकै कारण संसारका उतकृष्ट नोट मध्येमा परेका छन् । अब नेपाली नोट डिजाइन बारे तपाइँलाई पनि उत्सुकता जाग्यो होला ?

अहिले चलनचल्तीमा रहेका नेपाली सबै नोटको डिजाइन सुन्दर श्रेष्ठले गरेका हुन् । काठमाण्डू चावहिल निवासी उनले नेपाल राष्ट्र ब्याङ्कमा ३० वर्ष काम गरेर केही वर्ष अघि अवकाश लिएको बीबीसीले एक रिपोर्टमा जनाएको छ । बीबीसी रिपोर्ट अनुसार श्रेष्ठ चित्रकार समेत हुन् र उनले अहिलेसम्म करिव १,२०० नेपाली चलचित्रको पोस्टर डिजाइन गरिसकेको बताउँछन् ।

‘मान्छेहरुले भन्न त भन्छन् ओहो तपाईँ त पैसा बनाउने मान्छे पैसाको खाँचै पर्दैन भन्छन् होला,’ उनले हाँस्दै भने । उनले डिजाइन गरेका सबै नोटहरुमध्ये एक सय रुपैँयाको नोट औधी मन पर्ने उनले बताएका छन् । त्यसमा प्रयोग भएको चित्र रङ्ग संयोजन सबै राम्रो लाग्ने उनले बताए ।

‘नोट नै बनाउने मान्छे भएपछि अब किडन्याब गर्लाकी भन्ने डर हुन्थ्यो त्यो बेलामा मलाई द्वन्द्वकालको बेला नोट बनाउने कुरा जोखिमपूर्ण नै हुन्थ्यो ।’ उनले भने, ‘अहिले पनि कतै नक्कली नोट समात्यो रे भन्ने सुन्दा मलाई डर लाग्छ ।’

किन राखिएन बुद्धको फोटो

बीबीसीसँगको कुराकानीमा उनले नेपाली नोटमा बुद्धको तस्बिर नराखिनुको कारणका बारेमा पनि प्रष्ट पारेका छन् ।
‘राजतन्त्र देशबाट हटेपछि नोटमा राख्ने चित्रहरुको बारेमा निकै मेहनत गरेको सम्झिदै उनले भने, देशबाट राजा हटेपछि नोटमा के राख्ने भन्ने कुरा चल्यो । त्यो बेला मैले ३०÷३५ ओटा डिजाइन बनाएँ । नेपाली सबैको प्रतिनिधित्व गरेको जुलुसको फोटो राख्न खोज्यौँ । त्यसबेलामा पनि आँखा नदेख्ने तथा कान नसुन्नेहरुको प्रतिनिधित्व नहुने भयो ।’

‘बुद्धको आधिकारिक तस्बिर नभएकाले नेपाली नोटमा बुद्धको तस्बिर राख्न नसकिएको बताए । पछि बुद्धको फोटो राख्ने कुरा भयो बुद्ध नेपालमा जन्मेको भनेर । बुद्धको फोटो राख्नु किन पनि जरुरी थियो भने छिमेकी देशले पनि बुद्ध उनीहरुको देशमा जन्मेको भनेर प्रचार गरिराखेको थियो । त्यसैले बुद्धको फोटो राख्न खोज्यौँ तर बुद्धको आधिकारिक फोटो नभेटिएको हुनाले कुन राख्ने कुन भयो बजारमा चलनमा रहेको तस्बिर भारतबाट निकालिएको हामी कहाँ नभएको हुनाले हो’, उनले भने । ‘त्यस्तै अर्को कारण चाहिँ बुद्धमान्ने देशहरुले नेपाली नोटमा बुद्धको फोटो राख्दा उनीहरुले पनि मानि राखेका छन् यहाँबाट राख्दा हाम्रो मात्र भयो भन्ने भयो । थुकसुक लगाएर फोहर पनि हुने कच्याककुच्युक हुने भएकाले बुद्धको फोटो नराख्ने भन्ने निर्णय भयो । त्यसैले हामीसबैले मानेको सगरमाथाको तस्बिर राखिएको हो ।’

तराईको प्रतिनिधित्व २ रुपैयाँमा

नोटमा हिमालको तस्बिर राख्दा तराईको प्रतिनिधित्व नभएको भन्ने गुनासो आएछि २ रुपैयाँमा हिमाल पहाड सबै राखेर तल जोत्दै गरेको संकेत राखिएको हो । एउटा सानो नोटमा मैले के के नै समेट्न सक्थेँ र गाह्रो चाहिँ थियो, उनले भने ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *