हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
यी ३४ जिल्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा
खलङ्गा ।केहीदिन अघि नुवाकोटमा एकजना सुत्केरीको समय मै उपचार नहुँदा अध्यधिक रत्तस्राप भएर मृत्यु भयो । उनी थिइन् नुवाकोटको तारकेश्वर गाउँपालिका ५ की गोमा वस्ती । अस्पताल प्रसाशन र उनका आफन्तले उनलाई बचाउने भरमक्दुर प्रयास गरेपति त्यो सफल हुन सकेन । सरकारले देशका विभिन्न स्थानमा समस्यामा परेका गर्भवती र सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गर्ने गरेको छ। तर सामान्य परिवारकी उनलाई सरकारी ब्यवस्थाले छुट्याएको सुगम र दुर्गमको छुट्टाछुट्टै भेदले सेवा भोग गर्न दिएन उनले अकालमै ज्यान गुमाउनुप¥यो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा भौगोलिक अवस्थाका आधारमा सुगम र दुर्गम छुट्याएर पूर्ण र आंशिक रुपमा सेवा दिने ब्यवस्था छ । तर सरकारी यो सुबिधा बारे दर्गमका धेरैलाई जानकारी नै छैन । नुवाकोटको घटनापछि कार्यविधिमा बनाइएको छुट्टा छुट्टै ब्यवस्थाबारे चर्को आलोचना भइरहेकाे ।
उता जुम्लामा भने पूर्ण रुपमा गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । याे सेवालाई प्रभाबकारी बनाउन जुम्लाका सबै स्थानीय तहका वडाहरुमा पनि हेलिप्याड निर्माण गरिएकाे छ तर सेवा अहिलेसम्म कसैले लिएका छैनन् ।
कस्ताे छ व्यवस्था
तत्कालीन कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको हो । लगातार लामो प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको अवस्थामा पूर्णरूपमा निःशुल्क हवाईसेवामार्फत उद्धार गरिने ब्यवस्था छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजैरूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गर्न सकिने बताउनुभयो ।
कसरी पाउने सुविधा
हवाई उद्धार गरिएकी महिलाको नागरिकताको प्रमाणपत्र, स्थानीय तहको हवाई उद्धार समन्वय समितिको बैठकको निर्णय र स्थानीय स्वास्थ्य संस्थाको प्रमुखसहित दुई स्वास्थ्यकर्मीको सिफारिसपत्र मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको पायक पर्ने अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ ।
सबै जिल्ला समन्वय समितिमार्फत तिला गाउँपालिकाको वडा नं ५ कनकासुन्दरी र पातारासी गाउँपालिकाको चुकेनीमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा हेलिप्याड बनेका छन् । अन्य स्थानीय तहमा नजिकैको प्रहरी चौकीको सहायतामा प्रत्येक वडामा हेलिप्याड तयार भइसकेका छन् । गर्भवती र ठूलो विपद्को उद्धारका लागि ती हेलिप्याड निकै प्रभावकारी हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
कुन कुन जिल्लामा छ सेवा
नेपालका दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, पूर्वीरुकुम, रुकुमपश्चिम, सल्यान र रसुवा जिल्लामा हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ पूर्णरूपमा लागू भएको छ । यसैगरी सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागलुङ जिल्लामा आंशिकरूपमा लागू भएको हो ।