बाढी र पहिरोमा परी देशभर २१ जनाको मृत्यु, १० बेपत्ता (अपडेट)

काठमाडाैँ । बिहिबार साँझदेखि परेकाे अविरल वर्षाका कारण आज (सनिबार) बिहानसम्म देशभर २१ जनाको मृत्यु भएको छ ।  १० जना घाईते भएका छन् भने १० जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।

बेपत्ताको खोजी भइरहेको र ५० जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रभावित क्षेत्रमा प्रहरी कार्यालयहरुबाट सम्पूर्ण जनशक्ति, श्रोत साधन परिचालन गरिएको प्रहरीले जनाएकाे छ ।

काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिनुभयाे ।

देशभर नै वर्षा भइरहेकाले जनधनको क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन भारी वर्षा हुनेछ । बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *