अविरल वर्षाको कारण १७ जनाको मृत्यु, उद्दार कार्य जारी (अपडेट)

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट १७ जनाको मृत्यु भएको छ । सोही कारण ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् भने विभिन्न धनमाल क्षति भएको छ ।

वर्षाका कारण पीडित भएका ४ जनाको प्रहरीले उद्दार गरेको छ भने वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा तत्काल स्थानीय प्रहरी टोली खटी गई उद्दार कार्य गरिरहेको छ ।

बाढीबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, भोजपुर लगायत देशभरका विभिन्न स्थान प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *