हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
वर्षाका कारण काठमाडौंमा एकै घरका ३ सहित ११ जनाको मृत्यु (अपडेट )
काठमाडाैँ । बिहिबार रातिदेखि परेकाे अबिरल बर्षाका कारण पहिराेमा परि राजधानी काठमाडाैँ मै तीन जनाकाे मृत्यु भएकाे छ । काठमाडाैँकाे मुलपानीमा मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् । अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको प्रहरीले जनाएकाे छ ।
काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । कलंकीकाे प्रहरी चाैकी र मालपाेत कार्यलयमा पनि पानी पसेकाे छ । उपत्यकाका सबैजसाे नदिमा पानीकाे बहाब बढेकाे छ ।
गृह मन्त्रालयका अनुसार पहिरोमा पुरिएर काभ्रेमा २ जना, ललितपुर, सिन्धुली, पर्सा र रामेछापमा एक–एक जनाको मृत्यु भएको छ । पहिरो र बाढीमा परी खोटाङमा ३, मोरङ र सुनसरीमा एक–एक जना बेपत्ता भएका छन् । धादिङमा पनि खाेला तर्ने क्रममा बगाएर एक बालिकाे मृत्यु भएकाे छ ।
लगातारको वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको बाढी र पहिरोले मुलुकका विभिन्न क्षेत्र प्रभावित बनेका छन् । बाढी पहिरोका कारण १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।