What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
अस्पतालबाट बच्चा चोरेको आरोपमा २ महिला पक्राउ
What To Know
- सुनसरी । अस्पतालबाट नवजात शिशु चोरी गरेको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट नवजात शिशु चोरी गरेको आरोपमा प्रहरीले धरान–१५ की लीला बिक र उनकी भाउजू मिना लिम्बू विकलाई प्रक्राउ गरेको हो ।.
- बुधवार राति स्त्री तथा प्रसूति विभागबाट भोक्राहा गाउँपालिका–१ की बबिता मेहताको छोरा वार्डबाटै हराएको थियो । बच्चा र आमाको स्वास्थ्यमा समस्या देखिएपछि वार्डमै राखेर उपचार भइरहेको अवस्थामा अरूको कुरुवा बनेर बसेकी धरान–१५ का लीला बिक र उनका भाउजू पर्ने मिना लिम्बु बिकले बच्चा चोरी गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । चोरी गरिएको नवजात शिशु प्रतिष्ठानबाट करिब पाँच किलोमिटर पूर्व पर्ने धरान–१५ बगरकोटमा प्रहरीले फेला पारेको थियो ।.
सुनसरी । अस्पतालबाट नवजात शिशु चोरी गरेको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट नवजात शिशु चोरी गरेको आरोपमा प्रहरीले धरान–१५ की लीला बिक र उनकी भाउजू मिना लिम्बू विकलाई प्रक्राउ गरेको हो ।
बुधवार राति स्त्री तथा प्रसूति विभागबाट भोक्राहा गाउँपालिका–१ की बबिता मेहताको छोरा वार्डबाटै हराएको थियो । बच्चा र आमाको स्वास्थ्यमा समस्या देखिएपछि वार्डमै राखेर उपचार भइरहेको अवस्थामा अरूको कुरुवा बनेर बसेकी धरान–१५ का लीला बिक र उनका भाउजू पर्ने मिना लिम्बु बिकले बच्चा चोरी गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । चोरी गरिएको नवजात शिशु प्रतिष्ठानबाट करिब पाँच किलोमिटर पूर्व पर्ने धरान–१५ बगरकोटमा प्रहरीले फेला पारेको थियो ।
प्रतिष्ठानको प्रसूति गृहबाट बच्चा चोर्नका लागि लीला र मिना केही दिनअघिदेखि नियमित रूपमा बिरामी कुरुवाको नाटक गरेर आउने जाने गर्थे । बच्चा चोरी हुने राति पनि उनीहरू मध्ये लीला विक मेहता दम्पतीको क्याबिनमा आएर सुतेकी थिइन् । मेहता दम्पती र अरू कुरुवा सबै निदाएको मौका पारेर बच्चा चोरी गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।






