प्रधानमन्त्रीले मन्त्री सम्हाल्न नसके कांग्रेसले लगाम उपहार पठाउने

काठमाडौैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सञ्चार मन्त्रीलाई फोटोकपी मन्त्रीको शंज्ञा दिनुभएको छ ।

सरकारका प्रबक्ता सञ्चार मन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनका क्रममा कांग्रेसले शान्ति प्रकृयामाथि धावा बोलेको आरोप लगाउनु भएको थियो । त्यही प्रशंगलाई लिएर विहिबार साँझ ट्वीट मार्फत शर्माले मन्त्री बास्कोटामाथि कटाक्ष गर्नुभएको हो ।

शर्माले प्रधानमन्त्रीलाई नै मेन्सन गरेर आफ्ना मन्त्रीलाई काबुमा राख्न आग्रह समेत गर्नुभएको छ। अन्यथा लगाम उपहार पठाउने समेत ट्वीटरमा लेख्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *