हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
चुरोटको लत छुटाउन नसकेर चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय केही दिनमै चैट
चुरोटको लत लागेपछि छोड्न मुस्किल भएको अनुभव धेरैको पाइन्छ । छुटाउन धेरै डाक्टरहरुकोमा गएको बिभिन्न सल्लाह लिएको तर सकिन भन्नेहरु पनि धेरै भेटिन्छन् । लतकै कारणले स्वास्थयमा गम्भिर असर आएर ज्यान समेत जाने गरेको धेरै घटनाहरु पनि सुनिन्छन् ।
चुरोटको लत छुटाउन नसकेर चिन्तित हुने सबैको लागि केही उपयोगी जानकारी जान्नुहोस् ।
१. सबै भन्दा पहिले म धुम्रपान छोड्छु भनेर ढृढ निश्चय गनुहोस् । तपाइले स्वयंमलाई नियन्त्रणमा राख्न सक्नु पर्दछ ।
२. आफूसँग भएको चुरोटको स्टक हटाउनुहोस् ।
३. थकानको कारण चुरोट पिउन मन लाग्ने धेरैले बताउछन् तसर्थ थकाई महशुस हुदा गरीने केही सरल उपाय छन् । एक छिन आंखा बन्द गरेर बेडमा पल्टनुहोस् लामो लामो सास तान्ने छोड्ने गनुहोस् । कार्यलयमा हुनुहुन्छ भने आफु बसेको कुर्सिमा नै आंखा बन्द गरेर लामो लामो सास तान्ने छोड्ने गनुहोस् । पानी पिउनुहोस् ।
४. चुरोटको लत छुटाउन चिया पनि पिउन सक्नु हुन्छ । ग्रिन टी प्रयोग गर्ने ।
५. धेरै नै लत लागेको ब्यक्तिले सौंफलाई घाममा सुकाएर राख्ने र चुरोट पिउन मन लागेको बेला आधा चम्चा चम्चा सौंफलाई चपाउन सकिन्छ जसले चुरोटको तलतल मेटाउछ ।
६. चुरोट पिउन मन लागेको बेला अरु नै खानेकुरा खाने वा अन्य काममा ध्यान केन्द्रित गर्ने ।