बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

उपाधि जित्दै नेपाल एसीसी यू–१९ एसिया कपमा
काठमाडौं । नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो । याे जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ ।
मलेसियाको किनरारा ओभलमा हङकङले दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९५ रन बनाएकाे थियो ।
९६ रनकाे झिनाे लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेकाे नेपालले लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको थियाे । नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए । नेपालका लागि पवन शरार्फले ३९ रनकाे याेगदान गरे भने खडकबहादुर बोहोराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।
नेपालकाे जितका लागि सागर ढकालले शानदार खेल प्रदर्शन गरे । १० ओभर बलिङ गरेका ढकालले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिए ।
नेपालले २०१७ को पछिल्लो संस्करण जित्दा पनि मलेसियामै भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेको थियो। उपाधिसँगैं नेपालले अगस्ट ८ देखि सेप्टेम्बर २८ सम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा स्थान पक्का गरेको छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र कुवेतले प्रतिस्पर्धा गर्नेछन्।