बैवाहिक जीवनमा शंका पैदा गर्ने ५ कारण, जसले बर्बाद गर्नसक्छ दाम्पत्य जीवन

काठमाडौँ । भनिन्छ शंकाले लंका जलाउँछ । सम्बन्धमा शंका भयो भने पारिवारी खलल आउन थाल्छ । त्यो चाहे प्रेम सम्बन्धबाट गरिएको विवाह होस वा मागी विवाह गरिएको दाम्पत्य जीवन । केही सानासाना कारणहरुका कारण नै दम्पतीबीच झगडा हुन्छ । नचाहँदा नचाहँदै पनि केही यस्ता सामान्य कुरामा ख्याल नगर्दा वा बढी चासो लिने बानीका कारण दम्पतीबीचको सम्बन्धमा दरार बढ्दै जान्छ । त्यसैले यस्ता केही आनीबानीहरु दुबैजनाले कम गर्दै जाने हो भने पारिवारिक सम्बन्ध सुमधुर हुन्छ । सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ । यहाँ हामीले दम्पतीको सम्बन्ध बिगार्ने केही त्यस्ता चिजहरुका बारेमा चर्चा गर्दै छौँ ।

पुरानो अफेयर्स

शादीशुदा जीन्दगीको सबैभन्दा ठूलो फण्डा हो पूरानो अफेयर्स । धेरैको पारिवारिक जीवन बिगार्ने कारण पनि यही हो । दम्पतीबीच पूरानो सम्बन्धका बारेमा समझदारी पूर्वक कुरा गर्नु जरुरी हुन्छ । त्यही कुरा अरु कसैको मुखबाट सुन्दा वा सुनायो कसैले भने नराम्रो लाग्न सक्छ । पूरानो सम्बन्धलाई नयाँ दाम्पत्य जीवन सुरु भएपछि चटक्कै छोड्नुपर्छ । एक अर्कालाई ढाँटेर भेट्नु पनि राम्रो होइन मन हो कहिकतै केही गरी बरालिहाल्यो भने त्यसको असर परिवारमा नराम्रो पर्छ । अतीतलाई भुल्नुपर्छ गाह्रो पक्कै पर्नेछ तर अतीत सम्झेर वर्तमानमा तनाब र भविश्य बर्बाद पनि त पार्नुभएन नी । छोड्दिनुस् बिगतलाई भुल्दिनुस् पुराना कुरा । एउटाको अंगालो याद अर्कैको भयो भने त्यसले जीवनलाई नर्क बनाउँछ ।

डायरी

डायरी लेख्नु राम्रो कुरा हो । पूराना कुराहरु यसले ताजा बनाउँछ भने डायरी लेख्नु एउटा कला पनि हो । धेरैको यसमा रुची पनि हुन्छ । तर यो कुराको पनि ख्याल गर्नुपर्छ यही डायरी दम्पतीबीचको सम्बन्ध बिगार्ने बिष पनि बन्न सक्छ । डायरीमा सबै कुराको वर्णन गरिन्छ । कतिपय कुराहरु पर्सनल पनि हुन्छन् जुन त्यसमा खुब मिठास ढङ्गले वर्णन गरिन्छ । तर विवाहपछि एकअर्काबीच सबैकुरा साझा हुन्छ । हुन त कतिपय कुराहरु आफ्रूले आफैलाई पनि दोहो¥याउन नमिल्ने हुन्छ । तर मनका कुरा पो मनमै रहला जसोतसो तर लिखतम कुरा कहाँ लुक्छ र ? त्यसैले डायरीमा लेखिएका केही कुराहरुले झगडामा मसला भर्छन् । डायरी लेख्दा यस्ता कुराहरुमा पनि जरुर ख्याल गर्नुपर्छ ।

आउटडोर मीटिंग्स

जीन्दगीका सफर हो सबै कुरा सोचे जस्तो त हुँदैन । जागिर अथवा कामको शिलशिलामा बाहिर जानु पनि पर्छ । तर कहिलेकाही यो प्रक्रिया लामो समयसम्म पनि हुन सक्छ । यसरी लामो समय बाहिर रहँदा श्रीमान् श्रीमती टाढिएर बस्दा सम्बन्धमा कहिँकै शंका सुरु हुन सक्छ । बारबार बाहिर गइरहनुपर्ने बाम छ भने त्यसबारेमा आपसमा समझदारी हुनुपर्छ पार्टनरलाई राम्रोसँग बुझाउनुपर्छ । लामोसमय बाहिर रहँदा समय समयमा जानकारी गराउनुपर्छ । सम्भब हुन्छ भने मिलाएर पार्टनरलाई पनि सँगै लैजादा राम्रो हुन्छ । आजकल त यहाँ मौकामा चौका मार्ने चलन पो बढ्दो छ । पछिल्लो समय समाजमा देखिएका परिघटनाहरुले प्रष्ट भएकै छ । खासगरी बैदेशिक रोजगारीले बिगारेको सम्बन्ध पनि सायद यस्तै भएर नै हो । सो यसकुरामा ख्याल गर्नुपर्छ ।

आफिसमा अबेरसम्म रोकिनु

कतिपय जागिरेहरुको बानी अफिसमा लामोसमय बस्ने हुन्छ । ड्युटी आवरपछिसम्म पनि काम गर्ने वा गरिराखेको काम खतम गर्ने जस्ता टास्क लिने धेरैको आदत हुन्छ तर यस्तो आदतले दम्पतीबीच आपत आउन पनि सक्छ है । धेरैबेर अफिसतिरै अल्झिदा शंका लाग्न सक्छद । त्यसैले आफ्नो किम्ती समय जागिर वा कामका लागि मात्रै नदिनुस दम्पतीबीच पनि बिताउनुस् । कतिपय काम भोलि गर्दा पनि हुन्छ । जागिरन हो एकछिन काम नगर्दा जहाज डुब्ने होइन । कामसँगै सम्बन्धलाई पनि ख्याल गर्नुस् ।

मोबाइलको पासवर्ड

आजकल मोवाइ, फेसबुकको पासवर्ड, च्याट जस्ता कुराले धेरैको बैवाहिक जीवन बरबाद गरिदिएको छ । पासवर्ड जरुरी कुरा हो तर त्यो कोही अरुका लागि लगाउनुस् पार्टनरलाई यसबारेमा थाहा हुनुपर्छ । दम्पतीबीच सकेसम्म सबै कुरा सेयर हुनुपर्छ । तर तपाईँले पार्टनरलाई नै पासवर्ड लुकाउनुहुन्छ भने मान्नुस नमान्नुस लुकिछिपी कुनै न कुनै गलत गरिरहनु भएकै छ । आफैमाथि शंका सिर्जना गर्ने वातावरण बनाउँदै हुनुहुन्छ । विवाहेत्तर सम्बँन्ध राख्नु राम्रो होइन । राति अबेरसम्म च्याट गर्ने बानी छ भने पनि त्यसलाई छोड्ने प्रयास गर्नुस् । बढीभन्दा बढी सयम आपसमा बिताउने गर्नुस् सम्बन्ध प्रगाढ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *