हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
स्तन क्यान्सरका यी लक्षणहरु जुन कुरामा महिलाले खासै ध्यान दिएका हुँदैनन्
काठमाडौँ । स्तन क्यान्सर विश्वमा महिलाको ज्यान लिने प्रमुख क्यान्सर रोग हो । कतिपयमा वंशाणुगत र अन्य केहीलाई चाहिँ जीवनशैलीका कारण क्यान्सर रोग लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार अस्वस्थकर जीवनयापन, बदलिँदो यौन जीवन तथा विभिन्न खाले औषधीहरुको प्रयोग जस्ता कारणले पनि स्तन क्यान्सरको प्रकोप बढिरहेको छ । यसको पहिचानमा हुने ढिलाईले महिला पीडा भोग्न बाध्य छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा २१.८ महिलामा स्तन क्यान्सर हुन्छ । तीमध्ये १० जनाको मृत्यु हुन्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले गराउँछ । क्यान्सर रोग लाग्यो भनेर आत्तिनु हुँदैन । क्यान्सर रोग जितेर पुनर्जीवन पाएका थुप्रै उदाहरण छन् । बेलैमा पहिचान भयो भने क्यान्सर सहजै निको पार्न सकिन्छ ।
भारतमा हरेक आठ महिलामा एक जना यसप्रकारको क्यान्सबाट पीडित हुने गरेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा पनि क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् । त्यसैले क्यान्सरको समय मै परीक्षण गर्न चिकित्सकहरुको सल्लाह छ । स्वास्थ्य परीक्षणका साथै हरेक महिलाले यसका लक्षणहरुका बारेमा पनि जानकारी राख्नुपर्छ । आमरुपमा स्तनमा गाँठागुठी देखियो, अत्यधिक दुखाई महसुस भयो भने त्यो क्यान्सको लक्षण हुन सक्छ । तर यति मात्र होइन यसका साथै अरु थुप्रै लक्षणहरु पनि देखिन सक्छन् जुन कुरामा महिलाले खासै ध्यान दिएका हुँदैनन् । यहाँ हामीले बिभिन्न एजेन्सहीहरुको सहयोगमा त्यस्ता लक्षणहरु बारे बताउने प्रयास गरेका छाैँ ।
- स्किनको टेक्सर वा रंगमा बदलाव आउनु
- निप्पलको बाहिरी छाला उप्किनु वा खाटा बस्नु
- स्तनमा गाँठागुठी देखिनु, अत्यधिक दुख्नु
- दुबै स्तनको साइज बराबर नहुनु फरक पर्दै जानु
- ब्रेस्ट मिल्क बाहेक अन्य पदार्थ बग्नु
- स्तन को भित्री भागमा लगातार चिलाउनु वा असहज महसुस हुनु
माथिका लक्षणहरु पनि क्यान्सरका लक्षणहरु हुन सक्छन् । त्यसैले यस्ता कुनै प्रकारका लक्षणहरु देखिएको खण्डमा तुरुन्त स्वास्थ्य संस्थामा गई जेकजाँच गराउनुपर्छ । समय मै स्तन क्यान्सरको निदान भए उपचारपछि निको हुन्छ ।