सम्बन्धमा केही यस्ता संकेत देखिए एक पटक जरुर सोंच्नुस, यस्ता सम्बन्धको भविष्य हुँदैन

काठमाडौँ । यो मायाँको संसार बिचित्रको छ । मायाँको सम्बन्धलाई सीमित शब्दमा अथ्र्याएर संकुचित बनाउनु सायद धेरैलाई मन पनि नलाग्ला । हामी कसैसँग मायाँमा प¥यौँ भने हामी उसैको हुन्छौँ । उसका हरेक कुराहरु हामीलाई मन पर्न थाल्छ । कहिले काहीँ त ऊ गलत नै भएपनि हामीलाई सही लाग्नसक्छ । यद्यपी समयसँगै यही मायाँको सम्बन्ध कहिलेकाही आफैलाई बोझ समेत लाग्न थाल्छ । जसका कारण एकअर्काबीच टाढिने बाहानाहरु खोज्न थाल्छन् । यहाँ चाहे केटा होस् या केटी दुबै बीचमा भरोसा गायव भइसक्छ । यदि तपाईँको पार्टनरसँग पनि केही यस्ता संकेत देखिएको छ भने दुबै अलग हुनु नै उत्तम हुन्छ । किन की तपाईँ मान्नुस या नमान्नुस यसरी मन नलाई–नलाई जुगाड गरेर टिकाएको सम्बन्धको भविश्य हुँदैन । थाहा पाइराख्नुस् केही यस्ता संकेतबारे यदि तपाईँसँग पनि यस्ता कुनै कुराहरु बारम्बार भइरहेका छन् वा देखिएका छन् भने त्यो सम्बन्धलाई अगाडी बढाउनु पहिले कमसेकम एकपटक जरुर सोच्नुहोला ।

  • यदि तपाईँको पार्टनर तपाईँको सधै कमी कमजोरी मात्र निकाल्छ तपाईँलाई बदलिन भन्छ भने अलग हुनु नै बेस हुन्छ । जब तपाईँको राम्रा कुरा नदेखेर सधै गलत मात्र देख्छ भने त्यो तपाईँको बेष्ट पार्टनर होइन । यद्यपी उसले भनेको कुरा के हो त्यस बारेमा पनि आत्मसमीक्षा गर्नुपर्छ । यदी तपाईँको पार्टनर तपाईँ माथि विश्वास गर्दैन हरेक कुरामा शंका मात्रै गर्छ सवाल मात्रै गर्छ भने पनि उससँग तिमी मेरो जीवन हौ भनेर बसिरहनुको फाइदा छैन ।

  • यदि तपाईँ एकआपसमा लामो समयदेखि डेट गरिरहुनु भएको छ । तपाईँको प्लान विवाहको पनि छ तर तपाईँको पार्टनर यसबारेमा कुरा नै गर्न चाहान्न सुन्नै चाहान्न भने पनि सम्झनुस कि ऊ तपाईँसँग टाइम पास गरिरहेको छ । हुन त त्यस पछाडिका कारण पनि बुझ्नु आवस्यक छ । मायाँ मायाँ भनेर बस्ने पछि एउटा अङ्गालोमा बाँधिएर याद अर्कैको आउने अवस्था आयो भने त्यो नाम मात्रको सम्बन्धको के काम भरसक कसैलाई धोका नदिनुस् तर माया छ भन्दैमा भ्रममा परेर समय बर्वाद नगर्नुस् । आजकल अक्सन बैश जोवनमात्रै साट्ने चलन बढेको छ ।
  • यदि तपाईँ उसँग भेट्ने योजनामा हुनुहुन्छ । फोन म्यासेज गरिरहुनु भएको छ । तर कुनै जवाफ छैन रेस्पोन्स छैन या हमेसा उसका बाहाना मात्र आइरहेका छन् भने पनि सावधान हुनुस् त्यस्तो सम्बन्धबाट टाढिनु नै राम्रो हुन्छ । जोसँग आफ्नोपनको आभास छैन त्यस्तासँग के मायाँ लाउनु ।
  • यदि तपाईँलाई कुनै समस्या परेको छ यस्तो अवस्थामा कुनै बाहाना बनाएर छोडेर जान्छ । अथवा तपाईँको कुराको वास्तै गर्दैन तपाईको हालातको विषयलाई लिएर सधै इग्नोर गर्छ भने यस्तासँग पनि अलग हुनुस् । समय सबैको आउँछ । हालात तपाईँका पनि बदलिने छ । आफूमाथि विश्वास राख्नुस् । आफूलाई नबुझ्ने रिलेसनसिपको कुनै अर्थ छैन छोड्दिनुस् ।
  • यदि तपाईँको तुलना अरु कसैसँग गर्छ/गर्छे वा आफ्नो एक्ससँग कोही परायासँग समय बिताउँछ , चाहान्छ तपाईँका कुराहरुलाई उसको कुरा र प्रशंग ल्याएर जोडेर उसकै चर्चा गर्छ भने पनि सम्बन्ध अगाडि नबढाएकै राम्रो हुन्छ ।

यहाँ कोही कसैका लागि भनेर मरिहत्य गरिरहनु पर्दैन । अरे यार उसलाई फरक पर्दैन भने तपाईँ किन टेन्सन लिनुुहुन्छ । आफ्नो सपनामा केन्द्रित हुनुस् ऊ बाहेक पनि संसार छ उसलाई पाउनु मात्र तपाईँको जीन्दगीको लक्ष्य होइन नी त । एजेन्सीको सहयोगमा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *