सुनको मुल्य घट्यो

काठमाडौँ । सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । लगातार तीन दिन स्थिर रहेको सुनको मुल्य साताको पहिलो दिन आइतबार ओरालो लागेको हो ।

आइतबार छापावाला सनुको मुल्य प्रतितोला ६४ हजार ५ सय रुपैयाँ छ भने तेजाबी सुन ६४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदि ब्यवसायी महासंघले जनाएको छ ।

चाँदिको मुल्य प्रतितोला सात सय २० रुपैयाँ रहेको छ । पछिल्लो साता सुनको मुल्यका घटबढ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *