बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

काठमाडौँको विष्णुमति नदिमा भीषण बाढीको खतरा
काठमाडौँ । काठमाडौँको विष्णुमति नदिमा पानीको बहाबले खतराको विन्दु पार गरेको छ । शनिबार दिउँसोदेखि परेको वर्षाका कारण विष्णुमतिमा पानीको बहाब बढेकाे हाे । सरकारको राष्ट्रिय अापतकालिन केन्द्रले बाढीले खतराको स्तरपार गर्न सक्ने भन्दै नदी किनारका बासिन्दालाइ सतर्क रहन अनुरोध गरेको छ ।
नयाँ वसपार्कदेखि टेकु दोभानसम्मका तटीए होचा स्थानमा उच्च सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ ।
साथै केन्द्रले असार २१ देखि आगामी १ हप्तासम्म प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च (सतर्कता तह आसपास) हुने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा रहेका कृषि उपज संभव भएसम्म यही असार २८ गतेभित्र थन्क्याउन अनुरोध गरेकाे छ । तटिय क्षेत्रमा गर्नुपर्ने निर्माणको कार्य उच्च सतर्कता साथ गर्न पनि केन्द्रकाे अनुराेध छ |