यस्तो पनि ठाउँ जहाँ महिनावारी हुँदा उत्सव मनाइन्छ

एजेन्सी । शिर्षक पढ्दा झट्ट विश्वास नलाग्न पनि सक्छ । तर यो वास्तविकता हो । त्यो पनि हाम्रै छिमेकी मूलुक भारतको कुरा हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार पहिलो पटक महिनावारी हुँदा भारतका केही स्थानमा महिनावारी हुने ती बालिकाहरुको आरती उतार्ने गरिन्छ । हुन त महिनावारी एक प्राकृतिक प्रकृया हो । तर ठाउँ अनुसार यसप्रतिको धारणा फरक फरक छ । हाम्रै नेपालको कुरा गर्ने हो भने सूदुरपश्चिमका केही जिल्लामा लामो समयदेखि छाउपडी प्रथा कामयम छ । छाउपडी उन्मुलनका लागि लामो समयदेखि महिला अधिकारकर्मीहरुले आवाज समेत उठाउँदै आएका छन् ।

यहाँ हामीले चर्चा गर्न खोजेको चाहिँ छाउपडी प्रथाको होइन । भारतमा चल्दै आएको एक गज्जवको प्रचलनको बारेमा हो । जुन सुन्दा विश्वास कम अचम्म बढी लाग्छ ।

प्राचिन समयमा अहिले जस्तो चेतना र संसाधनहरु थिएन । महिनावारीको समयमा हुने रक्तश्रावका कारण महिलाहरुलाई महिनावारीका ५ दिन बिताउन निकै मुस्किल पर्ने बताइन्छ । यस अवधिमा हुने अप्ठ्यारोपनलाई मध्यनजर गर्दै भारतका केही स्थानमा महिनावारी हुदा बालिकाहरुलाई पुज्ने र उत्सव मनााउने प्रचलन चलाइएको थियो जसबाट उनीहरुलाई केही हदसम्म भएपनि आराम हुने विश्वास छ ।

कर्नाटक

भारतको कर्नाटकमा पहिलो पटक महिनावारी हुँदा घरपरिवार र छिमेकका महिलाहरु एकजुट भएर खुसी मनाउँछन् । महिनावारी भएकी बालिकाको आरती गर्छन् । बालिकालाई तील र गुँडबाट बनाइएको एक प्रकारको विशेष परिकार समेत खुवाउँछन् ।

तमिलनाडु

यस राज्यमा पनि महिनावारी हुँदा खुसी मनाउने प्रचलन रहेको समाचारमा उल्लेख छ । वषौँदेखि चल्दै आएको मंजल निरट्ट विज्हा नामको यो परम्परा आज पनि प्रचलनमा रहेको छ । यस अबसरमा वालिका वा युवतीलाई रेशमी सारी लगाइदिने चलन छ । यो उत्सव विवाह कै जस्तो हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

असम

यहाँ ’तुलोनी बिया’ नाम को एक परम्परा छ । यस अवधिमा युवती वा महिनावारी भएका बालिकालाई ५ दिनसम्म अलग्गै कोठामा राख्ने चलन छ । यो परम्परा नेपालको छाउपडी प्रथासँग मिल्दो जुल्दो छ । यस अवधिमा कोठामा कोही पुरुष जान मनाही हुन्छ । जोडी छाली रातो कपडामा बाँधेर छिमेकीले राख्छन् भने सात सुहागिन महिलाले महिनावारी भएकी वालिका वा युवतीलाई नुहाइदिने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *