हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रचण्डलाई जवाफ फर्काउँदै डा बाबुराम भट्टराईको यस्तो ट्वीट
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रति प्रश्नसहित जवाफ फर्काएका छन् । नेकपा अध्यक्ष दाहालले भट्टराईलाई नेकपामा आउन गरेको आग्रलाई नकार्दै सामाजिक सञ्जाल ट्वीटर मार्फत डा भट्टराईले कडा जवाफ दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?
कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र? https://t.co/6pDgkWZZGg
— Baburam Bhattarai (@brb1954) July 5, 2019
शुक्रबार नेपाल कम्युनिस्ट पार्टीले समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला लगायतलाई पार्टी कार्यालयमा स्वागत गरेको थियो । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएपछि अध्यक्ष प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि नेकपामा आउन आग्रह गरेका थिए ।
उनले बाबुरामको वौद्धिकताले अरु पार्टीका गएर सकारात्मक परिणाम दिन नसकेको टिप्पणीसमेत गरेका थिए । त्यसैको जवाफमा अध्यक्ष भट्टराइले यस्तो ट्वीट गरेका हुन् ।
बिहिबार पाेखरा एक कार्यक्रमकाबीच प्रदेशसभा सदस्य राजिव गुरूङ उर्फ दीपक मनाङे नेकपामा प्रवेश गरेका थिए । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता पीएस गुरूङले स्वागत गरेका थिए । मनाङकाे बिगतमा अापराधिक गतिविधिमा संलग्न थिए ।
यतिवेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ!डनहरू,व्यापारीहरू,क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन्!सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसंग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन्!भलो होस्!
— Baburam Bhattarai (@brb1954) July 5, 2019