हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
१८ जनाले गरे एउटै भवनको शिलन्यास
कौरव खत्री
बाग्लुङ्ग । भवन सडक पुलको शिलन्यासमा तामझाम र मन्त्रीस्तरका ठूला नेता, प्रमूखहरु सहभागि हुनु आजकल सामान्य भएको छ । सानासाना कार्यक्रमकै उद्घाटनमा समेत मन्त्री सहभागी हुनुलाई खासै नौलो मान्नुपर्दैन । तर बाग्लुङको गलकोटमा भने निकै फरक दृश्य देखियो । गलकोट नगरपालिका ३ हटियास्थित नमुना माध्यमिक विद्यालयले अभ्यास पनि नमुना नै ग¥यो । सोमवार १६ कोठे पक्की भवनको फरक तरिकाले शिलन्यास भएको छ । कोही नेता वा ठूलावडा सहभागि भएनन् । तर एकसाथ १८ जनाले भवनको शिलन्यास गरेका छन् । गलकोट नमूना विद्यालयका संस्थापक, चन्दादाता, जग्गादाता लगायत गरि १८ जना व्यक्तिहरुले १८ पिलरको एक एक व्यक्तिले भवनको शिलन्यास गरेका हुन् ।
आर्थिक वर्ष २०७४ सालको नमुना विद्यालय निर्देशिका कार्यक्रम अन्तरर्गत ८६ करोड अनुदानमा उक्त भवन निर्माण कार्यको शुभारम्भ गरिएको हो । नमुना विद्यालय निर्देशिका अन्तरर्गत देशभरका २ सय ४० वटा विद्यालय मध्येबाट छनोटमा पर्ने सफल गलकोट नमुना माध्यमिक विद्यालयको सिलन्यास कार्यक्रमको उदघाटन गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गलकोट नमुना माध्यमिक विद्यालय आफैमा एउटा उत्कृष्ट विद्यालय भएको बताउनुभयो ।
‘गलकोट नमुना माध्यमिक विद्यालयले गलकोटका धेरै व्यक्तिहरुलाई विगतदेखि वर्तमानसम्म उत्कृष्ट शिक्षा दिएको छ, ‘ उहाँले भन्नुभयो ‘गलकोट नमुना माध्यमिक विद्यालयमा अध्ययन गरेका व्यक्तिहरु देशको उच्च तहमा पुग्नु गौरवको विषय हो ।’ साथै नगरप्रमुख गैरेले गलकोट नमुना माध्यमिक विद्यालयलाई शिक्षाको क्षेत्रमा अगाडी ल्याउनका लागि गलकोट नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
२००५ सालमा गलकोट नगरपालिका वडा नं ३ र जराको स्थानीय ठाँटीमा समाजसेवी तथा शिक्षाप्रेमीहरुको सक्रियतामा पठनपाठन सूरु गरी स्थापना गरिएको विद्यालय २००८ सालमा संस्थापक गणेश कुमार श्रेष्ठ श्याम प्रसाद शेरचन र डाक्टर राजमानसिंह श्रेष्ठको सक्रियतामा गौमुखी प्राथमिक विद्यालय बन्न सफल भएको थियो ।
त्यस्तै २०१७ सालमा गौमुखी मिडिल स्कुल हुँदै २०२६ सालमा गलकोट माध्यमिक विद्यालयको नाममा परिचित भएर विद्यालयमा २०५३ सालदेखि कक्षा १२ सञ्चालन गरेको थियो । कक्षा ११ र १२ मा विज्ञान संकाय सुरु गरेपछि २०७० सालबाट प्राविधिक धारमा बाली विज्ञान र कृषि शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ ।
बहुवर्षीय योजना अन्तरर्गत शुभारम्भ भएको विद्यालयको सिलन्यास कार्यक्रममा विद्यालयलाई अतुलनीय योगदान गर्ने विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. डा.राजमानसिंह शाक्यकी धर्मपत्नी याचुकुमारी शाक्य तथा उनका सुपुत्र एनआईडिसीका पूर्व जिएम तथा आरएन एसीका पूर्व अध्यक्ष डा.बालकृष्णमान सिंह शाक्य, संस्थापक सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलराज शर्मा, जग्गादाता दुर्गा प्रसाद श्रेष्ठ ÷बद्री कुमार श्रेष्ठ पूर्ण कुमारी शेरचन, जंग बहादुर श्रेष्ठ, बिजु कुमारी श्रेष्ठ, विद्यालयका पूर्व प्रध्यानाध्यपक मोहनचन्द राजन जग्गादाता कर्ण बहादुर भण्डारी, संस्थापक तुल्सीप्रसाद श्रेष्ठ, नर बहादुर खत्री जगत बहादुर खत्री टंक भण्डारी, नर बहादुर भण्डारी, र वयोवृद्ध बम बहादुर बस्नेत लगायतलाई विद्यालयद्धारा फुलमाला र दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा, वडाअध्यक्ष विरजङ्ग भण्डारी लगायत विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, जनप्रतिनिधि, शिक्षक, अभिभावक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।