नाइसा मगरलाई मेगा बैंक कावासोती शाखाको छात्रावृत्ति

नवलपुर । मेगा बैंक नेपाल लिमिटेड शाखा कावासोतीले सोमबार छात्रावृति प्रदान गरेको छ । बैंकको केन्द्रिय एजुकेशन ईज ईनलाईटमेन्ट अभियान अन्तर्गत बैंक सञ्चालनमा आएको वडा कार्यालयमा पर्ने सामुदायिक विद्यालयका एक जना छात्रालाई छात्रावृति वितरण गरेको हो । कावासोती शाखाले भने ज्ञानोदय माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययन गर्ने नाईसा मगरलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थी नाईसालाई छनोट गरी विद्यालयले सिफारिस गरे अनुसार छात्रवृति प्रदान गरिएको मेगा बैकका शाखा प्रबन्धक गोपाल खनालले जानकारी दिनुभयो । १२ कक्षासम्म पढ्न लाग्ने शैक्षिक सामाग्री, र शिक्षण शुल्क सबै बैकले प्रदान गर्नेछ भने वार्षिक पोषाकको लागि ४ हजार र शिक्षण शुल्क खातामा पठाउने बैकले जनाएको छ ।

छात्रावृति प्रदान कार्यक्रममा विद्यालयका प्रध्यानाध्यपक चेतनाथ अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज गुरुङ, शिक्षक, शिक्षिका, बैकंको शाखा प्रबन्धक गोपाल खनाल, अप्रेसन ईन्चार्ज विजय तिमिल्सिना, निक्षेप अधिकृत प्रशन्न न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

मेगा बैंकले देशभरका १ सय २ वटा शाखा मार्फत बैक सञ्चालनमा आएको वडाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने एक जना छात्रालाई छात्रावृत्तिको कार्यक्रम सञ्चालन गरेको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *