नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

विश्वकप क्रिकेट: अपराजित भारत पनि हारेपछि अब कसको स्थिति कस्तो ?
काठमाडाैँ । इङ्ग्ल्यान्डमा भइरहेको विश्वकप क्रिकेट प्रतियोगितामा आइतवार भारतले प्रतियोगिताकै पहिलो हार बेहोरेकाे छ । भारतकाे याे सिजनकाे पहिलाे हारपछि कुनकुन टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना कसरी बदलिएको छ भन्ने विषय अहिले खेफ प्रेमीहरूका लागि चासाे बनेकाे छ ।
आठ खेलमा सात जितका साथ १४ अङ्क बटुलिसकेको अस्ट्रेलियाले भने यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
प्रतियोगिता सुरु हुनुभन्दा ठिकअगाडि इङ्ग्ल्यान्ड नम्बर एक टोली मानिएको थियो। आफ्नै मैदानमा प्रतियोगिता भएका कारण उसको सम्भावना पनि निकै बलियो ठानिएको थियो। तर श्रीलङ्कासँग भएको अनपेक्षित हार तथा अस्ट्रेलियासँग विशाल अन्तरले पराजित भएपछि इङ्ग्ल्यान्ड बाँकी दुई खेल नजिते सेमिफाइनल पुग्ने ढोका बन्द हुने देखिएको थियो।
आइतवार उसले आकर्षक प्रदर्शन गर्दै आएको भारतलाई ३१ रनले हराएपछि अब इङ्ग्ल्यान्डले बुधवार न्यूजील्यान्डलाई जितेमा सेमिफाइनल पुग्नेछ।
विश्वकप क्रिकेट २०१९ अङ्क तालिका
स्थान | देश | खेल | जित | हार | बराबर | रनरेट | अङ्क |
---|---|---|---|---|---|---|---|
१ | अष्ट्रेलिया | ८ | ७ | १ | ० | १ | १४ |
२ | भारत | ७ | ५ | १ | १ | ०.८५४ | ११ |
३ | न्यूजील्यान्ड | ८ | ५ | २ | १ | ०.५७२ | ११ |
४ | इङ्गल्यान्ड | ८ | ५ | ३ | ० | १ | १० |
५ | पाकिस्तान | ८ | ४ | ३ | १ | -०.७९२ | ९ |
६ | बांग्लादेश | ७ | ३ | ३ | १ | -०.१३३ | ७ |
७ | श्रीलंका | ७ | २ | ३ | २ | -१.१८६ | ६ |
८ | दक्षिण अफ्रिका | ८ | २ | ५ | १ | -०.०८ | ५ |
९ | वेस्ट इंडिज | ७ | १ | ५ | १ | -०.३२ | ३ |
१० | अफगानिस्तान | ८ | ० | ८ | ० | -१.४१८ | ० |
तर न्यूजील्यान्ड विजयी भयो भने त्यसले पाकिस्तान बाङ्ग्लादेशको सम्भावना बलियो हुनेछ। हुन त भारत र न्यूजील्यान्डको पनि सेमिफाइनल स्थान सुनिश्चित भइसकेको त छैन, तर निकै राम्रो नेट रन रेट रहेका कारण उनीहरूको यात्रा तुलनात्मक सहज नै देखिन्छ।
आगामी केही खेल अब निर्णायक हुने देखिन्छन्। जुलाई २ मा बाङ्ग्लादेश भारतसँग खेल्दैछ। जुलाई ५ मा पाकिस्तान र बाङ्ग्लादेशबीच खेल हुँदैछ। न्यूजील्यान्ड र इङ्ग्ल्यान्डबीचको खेल जुलाई ३ मा हुँदैछ।
को कसरी सेमिफाइनल पुग्न सक्छ?
अस्ट्रेलिया सेमिफाइनल पुगिसकेको छ। श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तान अब अन्तिम चारमा पर्न सक्दैनन्। पाकिस्तानले सेमिफाइलनमा पुग्नका लागि बाङ्ग्लादेशलाई हराउनुपर्छ साथसाथै न्यूजील्यान्डले इङ्ग्ल्यान्डलाई हराउनुपर्छ।
बाङ्ग्लादेशले सेमिफाइलनमा पुग्नका लागि भारत र पाकिस्तान दुबैलाई हराउनुका साथै न्यूजील्यान्डले इङ्ग्ल्यान्डलाई हराउनुपर्छ। इङ्ग्ल्यान्डले न्यूजील्यान्डलाई हराएमा र बाङ्ग्लादेशले पाकिस्तानलाई हराएमा सेमिफाइनलमा अहिलेकै शीर्ष चार टोली सेमिफाइलनमा पुग्नेछन्।
इङ्ग्ल्यान्डले न्यूजील्यान्डसँग हारेपनि भारतले बाङ्ग्लादेश र बाङ्ग्लादेशले पाकिस्तानलाई हराए सेमिफाइनलमा पुग्नेछ।