१५ दिने सिपमूलक व्यवसायिक तालिम सुरु

पोखरा । महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यसहित पोखरामा १५ दिने सिपमूलक व्यवसायिक तालिम सुरु भएको छ । लायन्स क्लब अफ पोखरा, गण्डकी तथा पोखरा वुमेन हेन्डीक्राफ्ट डेभ्लबमेन्ट सेन्टरको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन सोमबार एक कार्यक्रमकाबीच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ का पीएमसीसी ला दिपक श्रेष्ठले गर्नुभएको हो । कार्यक्रममा श्रेष्ठले सिकेको सिपलाई व्यवहारमा उतार्न उपस्थित प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । सामान उत्पादनसँगै विक्री गरेर वा पद्मावती हस्तकला उद्योगसँग सहकार्य गरी उद्यमशीलतामा अगाडि बढ्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा, गण्डकी २०१९/२० का अध्यक्ष ला हिरा भट्टराईले महिला शसतिmकरणका लागि आर्थिक समृद्दि, आजको आवश्यकता भन्ने नारालाई आत्मसाथ गर्दै क्लब सदैव सेवामुलक काममा अघि बढीरहेको बताउनुभयो । उहाँले घरमा नै उपलब्ध हुने साधन स्रोतलाई प्रयोग गरेर सामान उत्पादन गर्न सकिने भन्दै नेपाली घरेलु सामानलाई बजारीकरण गर्नका निम्ति सम्भावना बोकेको सिप रहेको बताउनुभयो ।

सोही अवसरमा जोन चियर पर्सन ला सिता के.सी, कलस्टर १७ कलस्टर प्रमुख ला बसन्त गिरी, डेप्युटी चिफ एडभाइजर ला इन्दिरा बराल लगायतले आत्मनिर्भरका निम्ति सिप अपरिहार्य रहेको बताए ।

तालिममा वडा नं ९, ६ र १४ मा रहेका २५ जना महिला एवं युवाहरुलाई पद्दमावती हस्तकला उद्योगमा कार्यरत प्रशिक्षक दव्य विष्णु उचै ठकुरी र हिरा कुवँरले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *