पर्यटकहरुको पर्खाइमा गलकोटको क्यानोनिङ

कौरव खत्री
बाग्लुङ्ग । बाग्लुङ्गको गलकोटमा पर्यटन प्रर्वद्धनका लागि जल साहसिक खेल क्यानोनिङ सुरु भएको छ । शनिवार गलकोट नगरपालिका ३ को सहश्रधारा स्थित ८३ मिटर अग्लो छहराको झरनामा जोखिमपूर्ण जल साहसिक खेल क्यानोनिङ गरिएको हो ।

ओझेलमा परेको क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषण बढाउन खेल आयोजना गरिएको पर्यटन प्रर्वद्धनका लागि सहश्रधारा क्यानोनिङका अध्यक्ष गगन कुवँरले जानकारी दिनुभयो ।

गलकोट क्षेत्रकै धरोहरको रुपमा रहेको क्यानोनिङलाई व्यापक प्रचार प्रसार गदै यसलाई थप व्यवस्थित गरेर नियमित बनाउन र पर्यटन विकास र प्रर्वद्धन गदै आगामी बर्षदेखि यसको व्यवसायिक रुपमै सञ्चालन गर्ने सोच रहेको गलकोट नगरपालिका ३ बाग्लुङ्गका वडाअध्यक्ष विर जङ्ग भण्डारीले जानकारी दिनुभयो ।

साथै पर्यटन प्रर्वद्धनका लागि सहश्रधारामा आयोजना गरिएको क्यानोनिङ खेलका अवसरमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट क्षेत्रमा क्यानोनिङ प्रचर संम्भावना रहेकोले यसको वृद्धि विकास पर्यटन प्रर्वद्धनका लागि नगरपालिकाले सधै सहयोगका लागि तयार रहेको बताउनुभयो । साथै अवसरमा सफलतापूर्वक क्यानोनिङ खेल खेन्ने गलकोट नगरपालिका ३ बाग्लुङ्गका वडाअध्यक्ष विर जङ्ग भण्डारी, नेपाल महिला संघ गलकोट नगरकार्य समितिकी अध्यक्ष मिना श्रेष्ठ लगायतलाई टिका फुलमाला लगाएर सम्मान गरिएको थियो ।

त्यस्तै क्यानोनिङ खेलेर आफ्नो अनुभव सुनाउदै नेपाल महिला संघ गलकोट नगरपालिकाकी अध्यक्ष मिना श्रेष्ठले भनिन, सुरुमा क्यानोनिङ खेल खेल्न निकै डरको अनुभूति भएको तर आफूसँग आट, साहस र आत्मविश्वास भएकाले सहज रुपमा झरनामा सफलतापूर्वक क्यानोनिङ खेल खेलको बताउनुभयो ।

क्यानोनिङ खेल डोरीको सहायताले पानीको छहरामा माथिबाट तल झर्ने खेललाई नै क्यानोनिङ भन्ने गरिन्छ । २०७४ साल फाल्गुन र चैत्र महिना गरि २ पटक क्यानोनिङको सफल परीक्षण गरिसकिएको थियो ।पछिल्लो समयमा क्यानोनिङ तर्फ आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *