सम्बन्ध बलियो बनाउने सरल तरिका यी सानासाना कुरा ख्याल गर्नुस कहिल्लै झगडा हुँदैन

एजेन्सी । सम्बन्ध गाँस्न त सजिलो छ तर सही अर्थमा त्यसको जिम्मेवारी निभाउन भने उक्तिकै मुस्किल छ । चाहे त्यो जुनसुकै सम्बन्ध होस् । आखिर आँट भरोशा र विश्वास मै त हो सम्बन्ध टिक्ने भनेको पनि । मनैदेखि सम्बन्धको जिम्मेवारी बोध नभए त्यो सम्बन्ध दीर्घकालसम्म चल्दैन सायद । कसैसँग सम्बन्ध जोड्नु मात्र ठूलो कुरा होइन तर त्यो सम्बन्धलाई कुन हदसम्म लैजाने भन्नेकुराहरु पनि आउँछन् । यही सम्बन्ध कै कारण ठूलाठूला अपराधका घटनाहरु समेत भएका छन् । त्यो नेपालमा मात्र होइन संसारमा यस्ता थुप्रै उदाहरणहरु छन् । तपाईँले पनि पक्कै पनि त्यो अनुभुति गर्नुभएकै होला जानकारी पनि बिभिन्न माध्यमबाट पाउनु भएको होला । यही विषयको गम्भिरतालाई बुझेर हामीले यहाँ सम्बन्ध कसरी मजबुत बनाउने भन्ने विषयमा चर्चा गर्दैछौँ । यो हाम्रो नीजि बिचार मात्र होइन बिभिन्न अध्ययन अनुसन्धानको निष्कर्षसहित अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरुमा आधारित भएर चर्चा गर्ने प्रयास गरिएको छ ।

एक अर्कालाई बुझ्नुस्

भनिन्छ नी एकोहोरो त रोटी पनि पाक्दैन दुबै तर्फबाट बराबर पकाउनुपर्छ । सम्बन्ध भनेको पनि यस्तै चिज हो । दुबैलाई एकएर्काले राम्रोसम्म नबुझेसम्म त्यो सम्बन्धको अथै रहँदैन । हुन त एकै दिनमा एकै रातमा रातारात कसैको मनोभाब बानी ब्यवहार उसको नियत थाहा पाइने कुरा होइन । त्यसैले सम्बन्धमा एक अर्काबीच समजदारी हुनुपर्छ । कुनै पनि विषयबस्तुमा आपसमा खुलेर कुरा गर्नुपर्छ । मनमनै शंकामात्रै गरेर बस्नु हुँदैन । आफूलाई लागेका कुरा पार्टनरसँग खुलस्त राख्नुपर्दछ । यसले दुबैलाई एकअर्कालाई बुझ्न मद्धत मिल्छ । बचपन देखिका सबै कुराहरु आपसमा बाँड्यो भने एकएर्का खुल्न सहयोग पुग्छ । प्रेमसम्बन्ध वा श्रीमान श्रीमतीबीच भने पूरानो कुनै सम्बन्धका बारेमा कुरा नगरेकै बेश ।

एक अर्काको तारिफ गर्नुहोस्

मानवीय स्वभाब नै यस्तो छ की हामी कुनै पनि सकारात्मक कुरा वा तारिफले उल्साहित हुन्छौ । त्यसैले सम्बन्धमा पनि एकअर्काले कुनै कुनै कामको स्वभाबको खुलेर प्रशंसा गर्नुपर्छ । प्यार जनाउने एउटा राम्रो बाहाना पनि हो यो । तर तारिफ पनि सही हुनुपर्छ । किनकी झुटो तारिफको असर उल्टो पर्न पनि सक्छ ।यसकुरामा भने ध्यान पु¥याउनुहोला तारिफ गर्दा पनि कुनै बनावटी नलागोस् फकाउनकै लागि प्रभाबित पार्नकै लागि तारिफ गरेजस्तो भयो भने पनि त्यसको असरपनि सहीमानेमा नपर्न सक्छ ।

गल्ती माफ गरिदिनुस्

मान्छे हो कहिलेकाहीँ सानातिना गल्ती भइहाल्छ । कुनै समय कहिँकतै गल्ती भइहाल्यो भने माफ गरिदिनुस् त्यही कुरालाई लिएर झगडा नगर्नुस् । सानो सानोे गल्तीहरु गणना गरेर नबस्नुस् एकले अर्काको भावना बुझ्नुस् । भनिन्छ नी आगो आगो भइयो भने खरानी भइन्छ । एउटा आगो एउटा पानी भयो भने पो मिलिन्छ । बुढापाले त्यसै त पक्कै भनेका होइनन् । कुनै विषयमा तर्कबितर्क गरेर झगडा गरेर बस्नुभन्दा यस्ता बिषय र बिवादलाई त्यही छोडेर अगाडी बढ्नुपर्छ । कहिलेकाहीँ झुक्दा पनि राम्रो हुन्छ । अनि सधै आफ्नो गल्ती स्वीकार गर्नेगर्नुहोस् । यसले सम्बन्ध मजबुत बनाउन धेरै सहयोग पुग्छ ।

सधै मुस्कान ल्याउनुस्

तपाईँको कुन ब्यवहारले उनको वा उसको मुहारमा खुसी छाउँछ त्यो कुराको सधै ख्याल गर्नुहोस् । एकले अर्काेलाई खुुसी राख्ने प्रयास गर्नुहोस् । यसका साथै त्यो काम पनि कहिल्लै नगर्नुहोस् जुन काम उनलाई मन पर्दैैन । कतिपय कुरामा कहिलेकाहीँ कम्परमाइज गर्नु पनि राम्रो हुन्छ । यसले आपसी मायाँलाई अझ प्रगाढ बनाउँछ ।

जिम्मेवारी बाँड्नुहोस्

सम्बन्ध बलियो बनाउन आपसी जिम्मेवारी पनि बाँढ्ने गर्नुस् । भनिन्छ नि माटोको भर ढु्ङ्गा ढुङ्गाको भर माटो त्यस्तै हो सम्बन्ध पनि एकअर्काले एकअर्काको साथ दिनैपर्छ तब मात्र सम्बन्ध जीवन्त र अर्थपूर्ण हुन्छ । तेरो मेरो भनेर लड्नु हुँदैन बाँडुनु हुँदैन । चाहे त्यो आर्थिक मामलामा होस वा अन्य काम घरायसी काम नै किन नहोस सबै क्षेत्रमा एकअर्का मिलेर गर्नेहो भने पक्नै पनि सम्बन्ध बलियो हुन्छ । पत्नी कामकाजी होस् या नहोस् उसका काममा सानोतिनो भए पनि सहयोग गर्ने गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *