What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सरकारको कामको समीक्षा गर्नुपर्छ : नेता रावल
What To Know
- अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।.
- नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।.
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने÷नगर्ने बारेमा भन्न सकिने बताउनुभयो ।
सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उहाँले आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्ने उल्लेख गर्नुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै नौ वटै जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भइइसकेकाले अब पार्टीका भातृ सङ्गठनको एकीकरण कार्यलाई तीव्रता दिइने बताउनुभयो । रासस






