प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानून बनाउन खनालकाे आग्रह

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर प्रदेश प्रहरी केन्द्र मातहत नै राख्नुपर्ने बताउनुभयाे ।

उहाँले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताउनुभयाे ।

प्रहरी महानिरीक्षक खनालले खुला सीमासँग जोडिएका प्रदेशहरु सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा सम्बन्धि कानुन तय गर्नुपर्ने पनि बताउनुभयाे ।

वीरगंज, भैरहवा, विराटनगरजस्ता नाकाहरुबाट आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौति सामना गर्न केन्द्रको सहकार्य र निर्देशन आवश्यक हुने उहाँले स्पष्ट पार्नुभयाे।

समितिले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा प्रहरी प्रमुखसँग छलफल गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *