एसईई नतिजाः शान्ता चाैधरी र करिश्माकाे रिजल्ट हेर्नुस् पढाइमा दुबै अब्बल

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ ।  नेकपा नेतृ शान्ता चौधरीले ‘बी’ ग्रेड ल्याउनु भएकाे छ । भने अभिनेत्री मानन्धरले ‘बी’ प्लस ल्याउन सफल हुनु भएकाे छ। नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याउनु भएकाे छ भने करिश्माले ३ अाएकाे छ । चाैधरी र करिश्माकाे रिजल्ट सबैकाे चासाेकाे विषय बनेकाे थियाे ।

बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए।

परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् ।

यस्तै, ३.२० देखि ३.६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७, २‍‍.८० देखि ३.२० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ , २.४० देखि २.८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २.४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ ।

९५ हजार ३०७ जनाले १.६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले ०.८० देखि १.२० जीपीए पाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कसको जीपीए कति आए लेटरग्रेड कुन हुने हेर्नुहोस्

९० – १०० भन्दाकम) ४.० जीपीएको ए+

८० – ९० भन्दा कम) ३.६ जीपीएको ए

७० – ८० भन्दाकम) ३.२ जीपीएको बी+

६० – ७० भन्दाकम) २.८ जीपीएको बी

५० – ६० भन्दाकम) २.४ जीपीएको सी+

४० – ५० भन्दाकम) २.० जीपीएको सी

२० – ४० भन्दाकम) १.६ जीपीएको डी

१ – २० भन्दाकम) ०.८ जीपीएको इ

Leave a Reply

Your email address will not be published. Required fields are marked *