एसईईको नतिजा सार्वजनिक, कति जीपीए आए लेटरग्रेड कुन हुने हेर्नुहोस्

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए।

परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् ।

यस्तै, ३.२० देखि ३.६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७, २‍‍.८० देखि ३.२० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ , २.४० देखि २.८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २.४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ ।

९५ हजार ३०७ जनाले १.६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले ०.८० देखि १.२० जीपीए पाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कसको जीपीए कति आए लेटरग्रेड कुन हुने हेर्नुहोस्

९० – १०० भन्दाकम) ४.० जीपीएको ए+

८० – ९० भन्दा कम) ३.६ जीपीएको ए

७० – ८० भन्दाकम) ३.२ जीपीएको बी+

६० – ७० भन्दाकम) २.८ जीपीएको बी

५० – ६० भन्दाकम) २.४ जीपीएको सी+

४० – ५० भन्दाकम) २.० जीपीएको सी

२० – ४० भन्दाकम) १.६ जीपीएको डी

१ – २० भन्दाकम) ०.८ जीपीएको इ

यसरी हेर्नुहाेस् नतिजा –

एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । यस्तै ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बर सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा हुन्छ ।

एसएमएससँगै वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/ , शिक्षा विभागको वेबसाइट http://www.doe.gov.np/ बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ । https://see.edusanjal.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *