एसईईको नतिजा सार्वजनिक यसरी हेर्नुहाेस् रिजल्ट

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।

एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । १६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ । परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहाेस् । अथवा एसएमएसबाट रिजल्ट थाहा पाउन Results एक स्पेस छाेडेर सिम्बाेल नम्बर लेखेर 35001 मा एसएमएस गरेर पनि तत्काल हेर्न सकिन्छ ।

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । यस्तै ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बर सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा हुन्छ ।

परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *