What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

काठमाडौं–निजगढ द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
What To Know
- काठमाडौं । संसदीय समितिले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ ।.
- आयोजनाको हालसम्म कार्यप्रगति विवरण समितिमा पेस गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डिपिआर स्वीकृतिमा ढिलाइ भए सो आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराए ।.
काठमाडौं । संसदीय समितिले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ ।
समितिको सोमबार बसेको बैठकमा आयोजनाका प्रमुख सरदलाल श्रेष्ठले डिपिआर मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नभएकाले आयोजनाको पुल र सुरुङ निमाणको कामलाई बढाउन समस्या भएको बताए ।
समितिका सभापति कल्याणी खड्काले आयोजनाको पछिल्लो कार्य प्रगति विवरणलाई हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनुपरेको बताइन् ।
समितिका सदस्यहरूले आयोजनाको लागत र समय दुवै बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
समिति सदस्य गणेश पहाडीले पुल र सुरुङ निर्माणको काम सुरु नभएकाले सो आयोजना समयमै सम्पन्न हुन नसक्ने बताए ।
अर्का सदस्य जीपछिरिङ लामाले आयोजनाको काम आगामी पाँच वर्ष्भित्र पनि नेपाली सेनाले सम्पन्न गर्न नसक्ने दाबी गरे ।
आयोजनाको हालसम्म कार्यप्रगति विवरण समितिमा पेस गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डिपिआर स्वीकृतिमा ढिलाइ भए सो आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराए ।
नेपाली सेनाले भने सुरुङ निर्माणका कारण आयोजनाको लागत बढ्न सक्ने बताएको छ ।
२०७८ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको लागत बढेर पौने २ खर्ब पुग्ने नेपाली सेनाको अनुमान छ ।