बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

विदेशीने बाध्यताकाे अन्त्य गर्न रोजगार कार्यक्रम: मन्त्री बिष्ट
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको बताउनु भएकाे छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै बिष्टले रोजगार कार्यक्रममा कुनै अनियमितता नभएको दाबी गर्नुभयाे ।
श्रम ऐनमा टेकेर स्थानीय तहले पारदर्शी रुपमा रोजगार कार्यक्रमको रकम खर्च गरेको मन्त्री बिष्टको भनाइ छ । वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारिएको उहाँले बताउनुभयाे ।
यसअघि संसद बैठकमा नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री रोजगारी कार्यक्रमले सत्तारुढ नेकपाका कार्यकर्ता पाल्ने काम गरेको आरोप लगाएका थिए ।