What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

राष्ट्रिय खेलमा विभिन्न पदक जितेका खेलाडीलाई सम्मान
What To Know
- एफ तेक्वान्दो खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । थापाले भन्नुभयो, ‘गाँउका कुना काप्चाहरुमा रहेका बालवालिकाहरुको प्रतिभालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म चिनाउन खेल क्षेत्रको विकासका निम्ति राज्यले सहयोग गर्नुपर्नुपर्छ ।’.
- अवसरमा प्रतियोगिताबाट स्र्वण पदक हात पार्न सफल खेलाडी बसन्ती बुढा,मविन थापा,अनुस्का बुढा,श्रृजना थापा,तथा कास्य पदक हात पार्न सफल खेलाडी सागर शमसेर कुँवर लगायत ८ जना खेलाडीहरुलाई खादा सम्मान पत्रले सम्मान गरिएको थियो । साथै अवसरमा आइ.
कौरव खत्री
गुल्मी । आइ.टि.एफ तेक्वान्दो संघ जिल्ला बाग्लुङ्गद्धारा बेष्ट टेष्ट तथा खेलाडीहरुलाई सम्मान गरिएको छ । शनिवार आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि आइ.टि.एफका संस्थापक सदस्य तथा बरिष्ठ सल्लाहकार लिला बहादुर थापा मगरले आइ.टि.एफले राष्ट्रको गौरव बढाउने कार्य गरेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य समेत रहेका थापाले खेल क्षेत्रबाट नेपाललाई विश्व जगतमा चिनाउन आइ.टि.एफ तेक्वान्दो खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । थापाले भन्नुभयो, ‘गाँउका कुना काप्चाहरुमा रहेका बालवालिकाहरुको प्रतिभालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म चिनाउन खेल क्षेत्रको विकासका निम्ति राज्यले सहयोग गर्नुपर्नुपर्छ ।’
सोही अवसरमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली,तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढा,ढोरपाटन नगरपालिका वडा नं. १ का वडाअध्यक्ष चित्र बहादुर भण्डारी, आइ.टि.एफका केन्द्रीय सदस्य घम बहादुर थापा,निसीभूजि जनता क्याम्पस सञ्चालक समिति अध्यक्ष चन्द्रलाल अर्याल, नेपाली काँग्रसका नेता यामु पौवी लगायतले समग्र खेल क्षेत्रको विकासका लागि अनुशासन महत्वपूर्ण भएको कुरामा जोड दिदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारासहित सञ्चालित कार्यक्रमको अवसरमा नेपालगञ्जमा गत बैशाख ५ देखि १५ गतेसम्म सञ्चालन भएको आँठौ राष्ट्रिय तेक्वान्दो खेल प्रतियोगितामा बाग्लुङ्ग जिल्लाबाट प्रतिनिधित्व गरेर विभिन्न पदक हात पार्न सफल खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
अवसरमा प्रतियोगिताबाट स्र्वण पदक हात पार्न सफल खेलाडी बसन्ती बुढा,मविन थापा,अनुस्का बुढा,श्रृजना थापा,तथा कास्य पदक हात पार्न सफल खेलाडी सागर शमसेर कुँवर लगायत ८ जना खेलाडीहरुलाई खादा सम्मान पत्रले सम्मान गरिएको थियो । साथै अवसरमा आइ.टि.एफको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै बाग्लुङ्गका रहेका आइ.टि.एफ डोजाङहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम आइ.टि.एफ तेक्वान्दो संघ जिल्ला बाग्लुङ्गका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षता रहेको आइ.टि.एफ तेक्वान्दो संघ जिल्ला उपाध्यक्ष उत्तम बहादुर महतको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने संघका जिल्ला सचिव प्रतिक घर्तिमगरले गर्नुभएको थियो ।
कार्यक्रमका ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेल, आइ.टि.एफका गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक अंक घर्ति लगायत स्थानीय बुद्धिविजी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।