नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

जापानमा भूकम्पकाे धक्का
टोकियो । जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान निकायले उक्त जानकारी दिएको छ ।
यस भूकम्पको केन्द्रविन्दु आपपासको क्षेत्रमा ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना जारी गरिएको छैन् ।
स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । जापान बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।
जापानमा सन् २०११ मा आएको ९.० म्याग्निच्युडको भूकम्पपछिको सुनामीमा परी करिब १९ हजार व्यक्तिको मृत्यु भएको थियो । कतिपय व्यक्तिको शव फेला परौ भने कतिको बेपत्ता अवस्थामा नै रहे । – रासस /सिन्ह्वा