काे हुन् खड्गप्रसाद शर्मा ओली अर्थात, के पी अाेली ?

केपी शर्मा अाेली 

खड्गप्रसाद शर्मा ओली (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: केपी ओली) नेपालका राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी बाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे । यस अघि २०७२ मा उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुभएकाे थियाे। उहँँ नेकपा (एमाले)का वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उहाँ विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत हुनुभएकाे थियाे । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । त्यस्तै ओली विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री बन्नुभएकाे थियाे । विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री हुनुभएकाे थियाे । उहाँ  नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएकाे हाेे ।

 पारिवारिक जीवनी
खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएकका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएकाे थियाे । २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक हुनुहुन्थ्याे ।  त्यही वर्ष उहाँ जेल पर्नुभएकाे थियाे । ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक नेता हुनुहुन्छ । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नुभएकाे छ । ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएकाे थियाे । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उहाँ झापाको क्षेत्र नं ७ बाट पराजित हुनुभएकाे थियाे । विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य हुनुभएका भएका अाेली २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित हुनुभएकाे हाे । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उहाँ झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित हुनुभएकाे थियाे । हाल उहाँ  नेकपा (एमाले)को संसदीय दलका नेता पनि हुनुहुन्छ । झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गर्नुभएकाे  थियाे । ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गर्नुभएकाे थियाे । उहाँ भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस हुनुहुन्छ । ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी  बसाेबास गर्दै अाउनुभएकाे छ ।

नेपालको ४१औँ प्रधानमन्त्री
बहालवाला
पद बहाली 
१५ फेब्रुअरी २०१८
राष्ट्रपति : विद्यादेवी भण्डारी
अग्रज : शेरबहादुर देउवा
कार्यकाल
१२ अक्टोबर २०१५ – ४ अगस्ट २०१६
राष्ट्रपति : विद्यादेवी भण्डारी
अग्रज : सुशील कोइराला
उतराधिकारी : पुष्पकमल दाहाल

नेपालको उपप्रधानमन्त्री
कार्यकाल
२०६४ – २०६५
शासक : राजा ज्ञानेन्द्र

नेपालको गृहमन्त्री
कार्यकाल
२०५१ – २०५२
शासक : राजा वीरेन्द्र
व्यक्तिगत जानकारी
जन्म २२ फेब्रुअरी १९५२ (उमेर ६६)
इवागाऊँ तेह्रथुम, नेपाल
राजनीतिक दल नेकपा एमाले
जीवनसाथी राधिका शाक्य
धर्म हिन्दू

Leave a Reply

Your email address will not be published. Required fields are marked *