What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

डा. गोविन्द केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ?
What To Know
- सोमबार नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औँ स्मृति दिवसका अबसरकाक अायाेजित समाराेहलार्इ सम्बाेधन गर्दै प्रचण्डले नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई जवाफ फर्काउनुभएकाे हाे ।.
- प्रचण्डलाई उहाँले आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गर्दै ट्विटमा लेख्नुभएकाे छ ` डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड .
काठमाडौं । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डा. गोविन्द केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड भनेर प्रश्न गर्नुभएकाे छ ।
सोमबार नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औँ स्मृति दिवसका अबसरकाक अायाेजित समाराेहलार्इ सम्बाेधन गर्दै प्रचण्डले नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई जवाफ फर्काउनुभएकाे हाे ।
प्रचण्डलाई उहाँले आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गर्दै ट्विटमा लेख्नुभएकाे छ ` डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ? कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं … माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ? लासको राजनीति´ आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !! ‘
पुष्पलाल स्मृति दिवसमा प्रचण्डले कांग्रेसले लासको राजनीति गर्न खोजेको आरोप लगाउदै अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर समातेर हिडेको बताउनुभएकाे थियाे ।