काठमाडौं बम विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो [अपडेट]

काठमाडौँ । काठमाडौंमा आइतबार साँझ भएको बम विस्फोटनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सुकेधारा विस्फोटमा घाइते भएका थप एकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । सुकेधारा ढलान पुल नजिक दिउँसो बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेमध्ये ओम अस्पतालमा उपचाररत एक जनाको राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो । सो घटनामा परी थप एक जना घाइते भएका छन् । घाइतेलाई स्थानीयवासीले मोटरसाइकलमा राखेर वीर अस्पतालमा उपचारका लागि लगेका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मृतक केसी विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *