काठमाडौंका दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते

काठमाडौँ। काठमाडौँमा आज साँझ भएको विस्फोटनमा परी तीन जनाको निधन भएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो । सो घटनामा परी थप एक जना घाइते भएका छन् । घाइतेलाई स्थानीयवासीले मोटरसाइकलमा राखेर वीर अस्पतालमा उपचारका लागि लगेका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मृतक केसी विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ ।

घटनास्थलमा थप विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ । प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिनुभयो । विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो । उता सुकेधारामा भएको विस्फोटमा परी दुई जनाको ज्यान गएको छ । निधन भएकामध्ये एक जनाको घटनास्थलमा र अर्का एकको भने उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *