हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
वर्तमान सरकारका गतिविधिले लोकतन्त्र धरापमा : नेता भण्डारी
कौरव खत्री
बाग्लुङ्ग । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले वर्तमान सरकारले दर्जनौँ अराजक गतिविधि अँगाल्दै लोकतन्त्रलाई धरापमा पार्न खोजिरहेको बताउनु भएकाे छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्र्तगत शुक्रबार ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा भएको बृहत सभालाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताउनुभएकाे हाे ।
नेता भण्डारीले भन्नुभयाे, ‘सरकारले गरिरहेका नकारात्मक गतिविधिको भण्डाफोर गर्नका निम्ति प्रतिपक्ष दल नेपाली काँग्रेसले हिमाल, पहाड, तराइ मधेशमा तिन महिने राष्ट्रिय जागरण अभियान मार्फत पार्टीले जागरण कार्यक्रम अन्र्तगत जनताको घरदैलोमा पुग्ने अभियानमा थालेकाे हाे। पार्टीलाई थप शसक्त बनाउँदै वर्तमान सरकारले गरिरहेका गलत क्रियाकलापबाट जनतालाई सजग बनाइरहेको छ।’
‘वर्तमान दुर्इ तिहाइको नेकपा सरकारले जनताको समृद्धिका निम्ति अतिआवश्यक शिक्षा,स्वास्थ्य, स्वरोजगार जस्ता आवश्यकतालाई लत्याएर पानी जहाज र रेलको सपना मात्र देखाएकाे छ । तर कार्यान्वयनमा जनताको मन जित्नेखालका कुनै योजना ल्याउन सकेकाे छैन,’ नेता भन्डारीले भन्नुभयाे ।
सरकारले प्रेस स्वतन्त्रता, नागरिकको लोकतान्त्रिक संस्कारलाई निमिट्यान्न पार्दे राणा शाशन जस्तै एकलौटी गर्न खोजिरहेको बताउँदै नेता भण्डारीले वर्तमान सरकारले जनताका निम्ति कुनै उपलब्धि नदिने टिप्पणी गर्नुभयाे । साथै उहाँले जनताको हक,अधिकार र अतिआवश्यक पूर्ण विकासको थालनी नेपाली काँग्रेस पार्टीले विगतदेखि वर्तमानसम्म गरेको बताउँदै कम्युनिस्ट पार्टीले सधै काँग्रेसको सिको गर्न खोज्ने तर काम फत्ते गर्न नसक्ने कुरामात्रै बढी गरेर जनतालाई चकित पार्ने काम भएको बताउनुभयाे ।
। साथै उहाँले नेपाली काँग्रेस पार्टीको सक्रियतामा सालझण्डी ढोरपाटन सडक, अर्नाकोट एयरपोर्ट, ढोरपाटन जलविधुत आयोजना लगायतका महत्वपूर्ण आयोजनालाई समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयाे ।
कार्यक्रममा पुर्व सांसद तथा राज्य मन्त्री चम्पादेवी खड्काले वर्तमान सरकारले जनताका आवश्यकता भन्दा बढि रेल, पानी जहाज जस्ता गफमा व्यस्त रहेको बताउँदै आधारभूत आवश्यकतालाई ध्यान नदिएको आरोप लगायनुभयाे ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापती दिपेन्द्र बहादुर थापाले आफनो पार्टी जनताको पार्टी रहेको बताउँदै जनताको सुख दुख बुज्न जनताको घर आँगनमा जागरण अभियान सहित उपस्थित भएको बताउनुभयाे ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.२ सभापति दोर्णकुमार कुवँरले वर्तमान सरकारको खवरदारी गर्न नेपाली काँग्रेस गाउँ, टोलटोलमा आएको भन्दै अव भष्टचारी , दलाल र जनताको हित विपरीत काम गर्नेलाई खवरदारी गर्ने बताउनुभयाे । उहाँले लोकतन्त्रको विरुद्ध काम गर्ने जनताको नाममा झुटको खेती गर्नेलाई जनताले अव नछोड्ने समेत बताउनुभयाे ।