नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौँ । भारतमा सम्पन्न लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भारी मतका साथ विजयी भएको छ । योसँगै भाजपा नेता नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भाजपाले मोदीलाई नै प्रधानमन्त्री बनाउने नारा लिएर चुनावमा भाग लिएको थियो ।

मतगणनाको शुक्रबार बिहान ६ बजे सम्मको मत परिणाम अनुसार भाजपा ३५२ स्थानमा अग्रता लिएको छ भने प्रमुख प्रतिपक्षी कङ्ग्रेस आईले ८६ स्थानमा मात्र अग्रता कायम गरेको छ । १०४ सिटमा क्षेत्रीय दलहरुले अग्रता लिएका छन् ।
१६ औँ लोकसभा चुनाव, सन् २०१४ मा भाजपाले नरेन्द्र मोदीको अगुवाईमा एक्लै २८२ सिट जितेर बहुमत प्राप्त गरेको थियो । सन् १९८४ पछि भारतमा पहिलोपटक कङ्ग्रेसले बहुमत प्राप्त गरेको थियो भने सन् २०१४ मा ४४ सिटमा खुम्चिन पुग्यो ।
चार पटकसम्म भारतको गुजरातका मुख्यमन्त्री बनिसक्नु भएका मोदीका कारण भाजपा आज यो सफलताको शिखरमा पुगेको सो दलका नेताहरूले नै स्वीकार गरेका छन् ।

चुनावमा मोदीलाई केन्द्रमा राखेर अभियान चलाएको थियो । प्रधानमन्त्री मोदीले आफ्नो पहिलो कार्यकालमा विदेशमा रहेको कालोधन र अकुत आर्जनलाई नियन्त्रण गर्न उठाउनु भएको ‘डिमोनिटाइजेसन’ को कदमको प्रशंसासँगै केही आलोचना पनि सहनुप¥यो । ग्रामीण क्षेत्रमा विकास निर्माण, सडक सञ्जाल विस्तार, विपन्नका लागि खाना पकाउने ग्याँसको मूल्यमा कटौती, ग्रामीण शौचालय योजना, स्वास्थ्य बिमा जस्ता कार्यक्रमले उहाँको कार्यकाललाई सफल बनाएको भाजपाको दावीे छ ।

भारतको बडोदरा सहरबाट झन्डै २०० किलोमिटर टाढा रहेको वदनगरमा एक चिया पसलेको घरमा मोदीको जन्म भएको हो । परिवार र मित्रहरुसँग खासै सामीप्यतामा रुचि नराख्ने मोदी युवा अवस्थामा घर त्यागेर बाहिरिनुभयो ।
वर्ष २०१४ को चुनावमा उम्मेदवारी दर्ता गराउने क्रममा आफ्नो श्रीमतीको नाम लेखेपछि पहिलोपटक मोदी विवाहित रहेको खुलेको थियो । किशोर अवस्थामा नै उहाँको विवाह जशोदाबेनसित भयो । तीन वर्षसँगै बिताएपछि उहाँ घर त्यागेर बाहिरिनुभयो ।

जीवनको पूर्वाद्धमै मोदी राष्ट्रिय स्वयंसेवक संघमा आबद्ध हुनुभयो । र पूर्णकालीन कार्यकत्र्ता हुनुभयो । मोदीले लामै समय स्वयंसेवक संघमा आबद्ध भई बडोदरामा आफ्नो जिवनको महत्वपूर्ण समय व्यतित गर्नुभयो । पार्टीमा आबद्ध हुँदा सक्षम नेतृत्वकलाको विकास भइसकेको मोदीले १३ वर्षसम्म गुजरात प्रान्तको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । गुजरातलाई आर्थिक शतिmकेन्द्र बनाउन मोदीको श्रेय रहेको भारतीय अर्थविद्हरु बताउँछन् ।

सन् २०१३ मा भारतीय जनता पार्टीले मोदीलाई आफ्नो नेता चुन्यो । एकवर्षपछि उहाँ प्रधानमन्त्री निर्वाचित हुनुभयो । एजेन्सी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *