नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ठूलो परिमाणको नक्कली नोटसहित ४ जना पाकिस्तानी नागरिक विमानस्थलमा पक्राउ
काठमाडौं । नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट नेपाल आएका पाकिस्तानी नागरिक नसिरुद्धिनलाई ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा युनुस अन्सारीसहित नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार ३ पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न युनुस विमानस्थल पुगेका थिए । उनको साथमा रहेको सुटकेसमा २ हजार दरको नोटको बण्डलहरु रहेको बताइएको छ ।
पाकिस्तानी नागरिक नसिरुद्धिनको नेपालमा नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर छुटेका युनिस अन्सारीसँग सम्बन्ध रहेको दाबी प्रहरीले गरेको छ ।