What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघले संसद् भवन अगाडि प्रदर्शन गर्ने
What To Know
- काठमाडौँ । नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएकाे मिडिया काउन्सिलसम्बन्धी विधेयक बिरूद्ध शुक्रबार संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएकाे छ ।.
- सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्ने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने भएकाे भन्दै पुनः मस्यौदा गर्नुपर्ने माग राखेर महासंघ आन्दाेलित बनेकाे छ ।.
काठमाडौँ । नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएकाे मिडिया काउन्सिलसम्बन्धी विधेयक बिरूद्ध शुक्रबार संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएकाे छ ।
सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्ने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने भएकाे भन्दै पुनः मस्यौदा गर्नुपर्ने माग राखेर महासंघ आन्दाेलित बनेकाे छ ।

पहिलो चरणको आन्दोलनका क्रममा शुक्रबार दिउँसाे १२ बजे काठमाडौंमा संसद भवन बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेकोमहासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएकाे छ।
पहिलो चरणको आन्दोलन सुरु भएको एक सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको विज्ञप्तिमा उल्लेख छ।






