म:म डल्लो पार्न जान्नुहुन्न ? हेर्नुहोस् यस्ता छन् सजिला तरिका ( भिडियो )

काठमाडौं । म : म नेपालीहरुले निकै मन पराएकाे खाजाकाे परिकार हाे । काठमाडाैँकाे कुरा गर्ने हाे भने सबैभन्दा धेरैकाे राेजाइमा पर्ने खाजाकाे परिकार हाे भन्दा पनि फरक पर्दैन । ब्यस्तता र हतारमा हुनेहरूदेखि सजिलाे र छिटाे खाेज्नेहरूका लागि त याे परिकार अति नै मन पर्छ । त्यसैले पनि हाेला रेष्टुरेन्टमा गएर मेनु पल्टाउँदा धेरै जसाेकाे रोजाइको प्राथमिकतामा म : म नै पर्छ ।

म:म त्यसमा प्रयाेग गरिने किमा अनुसार बफ, भेज, चिकन, मटन, पाेर्क, पनिर, खुवा, लगायतका बिभिन्न थरीका बनाउन सकिन्छ । झाेल म:म, फ्राइ म :म, स्टीम म:म, सी म:म त्यसमा पनि तयार गर्ने तरिकाका अनुसार फरक फरक स्वाद र किसिमका बनाउन सकिन्छ । अहिले त सहर बजार र रेष्टुरेन्टमा मात्र हाेइन म:म लाई घरमै बनाएर पनि खान सकिन्छ । गाउँघर तिर पनि निकै रूचाइएकाे छ ।

सबैलाई बजार निस्केर रेष्टुरेन्ट हाेटलमा गएर म:म खाने फुर्सद हुँदैन । सबै ठाउँकाे म:म बनाउने तरिका र किमा सुद्ध सफा पनि नहुन सक्छ त्यसैले घर मै राम्राे सफा ढङ्गले बनाएर खान सकिन्छ ।

घरमा म:म बनाउँदा मैदाको पिठोलाई सानो-सानो रोटी आकारमा बेल्नुपर्छ र त्यसमा किमा भरेर डल्लो बनाउनुपर्छ । म:म पकाउने भाँडोमा थोरै तेल लगाएर राखेपछि म:म पकाउन सकिन्छ । म:म को लागि किमा आफ्नो इच्छा अनुसार, तरकारी, चिकेन, खसी आदिको बनाउन सकिन्छ। माथि पनि उल्लेख गरिएकाे छ कि कस्ताे खालकाे किमा प्रयाेग गर्ने आफ्नो चाहना अनुसार किमा प्रयाेग गर्न सक्नुहुन्छ ।

घरमा म:म बनाउँदा रोटीमा किमा राखेर डल्लो पार्नको लागि धेरैलाई आउँदैन। थोरै मात्र ध्यान दिन सकियो भने म:म को डल्ला राम्रो आकारमा बनाउन सकिन्छ । यहाँ यस भिडियोमा म:म डल्लो पार्ने विभिन्न तरिका सिकाइएको छ । याे भिडियाे हेरेर पनि तपाईँ सिक्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *