नेपाल र भियतनामबीच सिधा हवाई सेवा सुरु हुने

काठमाडौँ । नेपाल र भियतनामबीच छिट्टै सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीको भियतनमको औपचारिक भ्रमणका क्रममा शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख छ । विज्ञप्तिमा दुई देशबीच व्यापार तथा लगानी प्रवद्धन, पर्यटन विकास र जनता जनताबीचसम्पर्क स्थापित गर्न छिट्टै नै सिधा हवाइ सेवा सुरु गर्नुपर्ने अवश्यकतालाई विचार गरी सोको तयारीका लागि दुवै देशका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने सहमति भएको उल्लेख छ ।

साथै भियतनामले नेपालमा धेरै भन्दा धेरै भियतनामी पर्यटक पठाउने र विशेष गरी भगवान बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उदगमस्थल लुम्बिनीमा भियतनामी बौद्ध तीर्थयात्री पठाएर नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नेपाल र भियतनामा विज्ञान प्रविधि, सूचना प्रविधि, बन्दोबस्ती र प्रकोप व्यवस्थापनमा लगायतका सम्भावित क्षेत्रमा सहयोग विस्तार गर्न पनि सहमत भएका छन् ।

संयक्त विज्ञप्तिमा दुवै नेताले दुई देशबीचको द्विपक्षीय आर्थिक र व्यापार सहयोगको क्षेत्र जति सम्भावना थियो त्यो भन्दा निकै तल रहेको अनुभव साटासाट गर्नुका साथै भियतानाम र नेपालका चेम्बर अफ कमर्सबीच सन् २०१८ को अप्रिलमा भएको सहयोग आदाप्रदानसम्बन्धी समझदारीपत्रको स्वागत गरेका छन् ।

साथै द्विपक्षीय आर्थिक तथा व्यापार सहयोग संयन्त्रको स्थापना गर्ने र विद्युतीय उपकरण, कफी, चिया, सामुद्रिक परिकार, कपडा छालाजुत्ता जस्ता वस्तुका व्यापार प्रवद्र्धन गर्न दुबै देशका बजारको सर्भे गर्ने तथा ऊर्जा, विशेष गरी नवीकरणीय ऊर्जा, उच्चप्रविधि युक्त कृषि तथा पर्यटनका क्षेत्रमा नयाँ सहयोगको खोजी गर्ने र व्यापार प्रवद्र्धनका गतिविधिमा सहभागी हुन सम्बन्धित निकायहरूलाई जिम्मेवारी दिन सहमत भएका छन् ।

नेपाल र भियतनाम दुवै देशले कृषि उत्पादनलाई बजारको पहुँच दिने प्रस्तावमा विचार गर्न सहमत भएका छन् । जसले गर्दा उत्पादनहरू प्रतिपर्धी बन्ने, कृषि विज्ञान र प्राविधिक अनुसन्धानमा सूचनाको अदानप्रदानलाई प्रोत्साहित गर्ने छ ।

नेपालको अति कम विकसित मुलुकबाट चाँडै माथि उठ्न चाहनालाई विचार गर्दै भियतनाले नेपाली उत्पादनलाई भियतनाममा थप निर्यात गर्न दिने कुरामा सहमत हुनुका साथै भियतनामा लगानीकर्ता तथा व्यवसायीलाई नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने कुरामा सहमत भएका छन् ।

दुवै देश संस्कृतिक पर्यटन र जनता–जनताबीचको अन्तरक्रियालाई बढाउन सहमत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *