बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रचण्ड भन्छन् : ‘मेलम्ची आउन नदिन हाम्रै मान्छे लागि परेका ठूलै खेल भइरहेकाे छ’
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची पानी आउन नदिनमा नेपालीहरु नै संलग्न रहेको बताउनु भएकाे छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम केन्द्रीय अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै दाहालले वर्षौंदेखि काठमाडौं उपत्यका भित्र्याउने भनिएको मेलम्ची राेक्न बिभिन्न खेलहरू भइरहेकाे बताउनुभएकाे हाे ।
‘मेलम्चीको पानी उपत्यका ल्याउन नदिन त्यहाँ बसेर बिभिन्न गतिविधिहरु गर्नेहरुले अहिले पनि खेल खेलिरहेका छन् ।’ उहाँले भन्नुभयो, ‘अझै एक दुई वर्ष मेलम्चीको पानी आउँदैन मेलम्ची आउन नदिने खेलमा सीएमसी होइन हाम्रै मान्छे लागि परेका छन् । यहाँ खेलहरु धेरै छन् ।’
अध्यक्ष प्रचण्डले मेलम्ची खानेपानीको योजनालाई अब नेतृत्वले हस्तक्षेप गरेर भए पनि ल्याइने दाबी समेत गर्नुभयो । ’अहिले पनि सरकार छिटोभन्दा छिटो मेलम्ची ल्याउने तयारीमै छ । म आफैं पनि र प्रधानमन्त्रीजी पनि । हाम्रो चुनौती हो’ प्रचण्डले भन्नुभयो, ’नेतृत्वले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा हामी दृढ छौं ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको पानी संसारभर बेच्न सकिने समेत बताउनुभयाे । कार्यक्रम सम्बोधनका क्रममा सगरमाथालाई ब्रान्ड बनाएर नेपालको पानी संसारभर बेच्न सकिने बताउनुभएको । प्रचण्डले भन्नुभयाे ‘हामी पानी बेचेर संसारको सबैभन्दा समृद्ध मुलुक बन्नसक्ने आधार छ ।’
देशभित्रकै खानेपानी समस्यालाई स्थायी रुपमा समाधान गर्न नसकेसम्म दुनियाँले पानी निर्यातसम्बन्धी नेपाल सरकारको व्यवस्थापन, क्षमतालाई विश्वास गर्ने आधार नहुने पनि उहाँले बताउनुभयो । विश्वभरी खानेपानी पुर्याउनेसँग आन्तरिक रुपले खानेपानी समस्या समाधान गर्ने कुरा गहिरो सम्बन्ध रहेको दाहालको भनाइ थियो ।
केही समय अघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पनि यसरी नै नेपालको पानी सगरमाथाको नाममा संसार भर बेच्न सकिने बताउनुभएको थियो ।