प्रधानमन्त्री र सांसदले बोलेका अमर्यादित शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख कृष्ण बहादुर महराले नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शव्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिनु भएकाे छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठककाे सुरूमै सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा प्रयोग भएका अमर्यादिन शब्द संसदको अभिलेखबाट हटाउन संसद सचिवालयलाई दिर्नेशन दिनुभएकाे हाे ।

‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्रीज्यूले स्पष्टिकरण तथा माननीय सदस्यको जिज्ञासाको क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकूल नभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्छु,’ सभामुख महराले भन्नुभयाे ।

गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ‘आक्रोश, कुण्ठा र निम्छरा’ अभिव्यक्ति भनेपछि प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका सांसदहरूले बिराेध जनाएका थिए । बैठकमा केहीबेर भनाभन र चर्काचर्कीसमेत भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *