यी हुन् काठमाडौँका उत्कृष्ट १० डेटिङ स्पट

काठमाडौँ । डेटिङका बारेमा खासै धेरै भन्नु नपर्ला युवा पुस्ता र प्रेमिल जोडीहरुका लागि यो सामान्य भन्दा पनि अनिवार्य भइसकेको छ । कुनै रोमान्टिक ठाउँ पार्कमा एकअर्काबीच समय बिताउनु मायाँका भावहरु अनुभुतिहरु साट्नु अथवा आत्मियता बाँड्नु जसले प्रेम सम्बन्धलाई अझ बढी प्रगाढ बनाउँछ । यसलाई डेडिङ स्पट वा त्यहाँको वातावरणले पनि प्रभाब पार्छ । हुन त अक्सर मन्दिरहरु पछिल्लो समय युवाहरुको डेडिङ स्पटका रुपमा रोजाइमा पर्ने गरेको छ । त्यसो त काठमाडौँ उपत्यका मन्दिरहरुको सहरका रुपमा पनि परिचित छ । यहाँ हामीले काठमाडौँ उपत्यका र यस वरीपरिका केही उत्कृष्ट डेटिङ स्पटहरुका बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ । जहाँ तपाईँले निर्धक्कसँग आफ्ना प्रेम भावहरु एकअर्काबीच साट्न सक्नुहुन्छ । काठमाडौँको कोलाहल र भीडभन्दा बाहिर तपाईँलाई मदहोस बनाउने यी १० डेटिङ स्पट –

१) गोदावरी


उपत्यकाको दक्षिण पूवी क्षेत्रमा अवस्थित गोदावरीलाई फुलचोकीको आधारका –द्यबकभ) का रुपमा पनि लिइन्छ । यो उपत्यकामा सबैभन्दा धेरैको रोजाइमा पर्ने ठाउँ पनि हो । ललितपुर जिल्लामा पर्ने यो बोटानिकल गार्डेन गोदावरीको सुन्दरता र मनोरम वातावरणको शब्दमा बयान गरी साध्य छैन । २७१५ मिटर उचाइमा रहेको गोदावरी ८२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ सयौँ प्रजातिका फुलहरु मनमोहक दृश्यले तपाईको जोडीलाई अझ रोमान्टिक बनाउँछ । यो गार्डेन बिना ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहन्छ ।

२) ह्वाइट गुम्बा


ह्वाइट गुम्बा काठमाडौँ नियाल्ने एउटा गतिलो ठाउँ पनि हो । जहाँबाट सम्पूर्ण उपत्याका नियाल्न सकिन्छ । बौद्ध परम्परा र सुन्दरताको मात्र होइन तपाईने यहाँ दृश्यावलोकनको पनि मनग्य सन्तुष्टी लिन सक्नुहुन्छ । तर यहाँसम्म पुग्न सार्वजनिक यातायात नपाइने भएकाले आफ्नै सवारी अथवा हिड्दै पनि जान सक्नुहुन्छ । आफ्ना मान्छेको हात समातेर यात्रा गर्नु पनि त मजा बेग्लै छ । सितापाइला रामकोट हुँदै तपाई यहाँ पुग्न सक्नु्हुन्छ । प्रवेश शुल्क लाग्दैन तर गुम्बाभित्र फोटो खिच्न भने मनाही छ ।

३) नगरकोट


काठमाडौँ उपत्यकाको उत्तर पूर्वी क्षेत्रमा पर्ने नगरकोट प्रेम जोडीहरुको प्रमूख गन्तब्य पनि हो । खास गरी रात बिताउन चाहानेहरुका लागि बढी रोजाईको ठाउँ हो । यहाँको सुन्दरताको बयान जति गरे पनि सायदै कम हुन्छ । यहाँबाट देखिने काठमाडौँ उपत्यका र सूर्योदयको मनमोह दृश्य, सेताम्य हिम श्रृङखलाहरुको दृश्यावलोकनले सबैलाई आल्हाधित पार्छ । आफ्नै सवारी अथवा काठमाडौँ बागबजार, कमल बिनायक, भक्तपुरबाट बस छुट्छन् सहजै जान सकिन्छ ।

४) चन्द्रागिरी हिल्स


चन्द्रा गिरी पछिल्लो समय निकै चर्चामा छ । दक्षिण पश्चिम काठमाडौँमा अवस्थित चन्द्रागिरी हिल्स धेरैको रोजाइमा रहेको घुम्न लायक ठाउँ हो । केवल कार चढेर जान सकिन्छ । युवा मात्र होइन यहाँको भालेश्वर मन्दिरको दर्शन र उपत्यका हेर्न पाका पुस्ता र वाल उद्यानले बच्चाहरुलाई पनि आकर्षण गर्ने गरेको छ । प्रेमीहरुका लागि मात्र होइन पारिवारिक घुमघामका लागि पनि यो ठाउँ उपयुक्त छ । काठमाडौँ उपत्यका देखि सुन्दर सेताम्य हिम श्रृङ्खला यहाँबाट निकै सुन्दर देखिन्छ । थानकोटबाट ७ किलो मिटरको दुरीमा रहेको छ । आन्तरिक बाह्य र सार्कराष्ट्रकाहरुका लागि फरक फरक प्रबेश शुल्म निर्धारण गरिएको छ ।

५) ड्रिम गार्डेन

काठमाडौँको केन्द्र ठमेलस्थित यो गार्डेन नेपालको एक ऐतिहासिक बगैँचा पनि हो । जसले राणाकालीन इतिहास बोकेको छ । केशव समशेर राणाकापालामा यो निर्मित यो पार्क युवा पुस्ता र पर्यटकहरुको प्रमूख रोजाईमा पर्ने एक डेटिङ स्पट हो । जहाँ मायाँ गर्नेहरुले खुल्ला रुपमा प्रेम साट्न सक्छन् । कान्तिपथ टुरिष्ट हवस्थित यो गार्डेन एक पटक पुग्ने हो भने सायदै तपाईँ यहाँको वातावरणप्रति लोभिनु हुने छ । बिहान ९ बजेदेखि राती १० बजेसम्म खुल्ने यो गार्डेनको प्रवेश शुल्क एक सय छ ।

६) वपी ल्याण्ड


वाटर पार्कका रुपमा परिचित वपी ल्याण्ड काठमाडौँ उपत्यकाको अर्को एक डेटिङ स्पट हो । जुन अधिकांश प्रेमी जोडीहरुको रुजाइमा पर्ने गरेको छ । वाटरपार्कमा तपाई निकै रमाइलो गर्न र मजा लिन सक्न्हुन्छ । कीर्तिपुर चोभारमा रहेको यस पार्कमा जान प्रबेश शुल्क रु ८२५ बच्चाहरुका लागि ४७५ रुपैयाँ लाग्छ ।

७) मञ्जुश्री पार्क


चोभार मै रहेको अर्को डेडिङ स्पट हो मञ्जु श्री पार्क जहाँ प्रेमी जोडीहरुले धक फुकाएर मायाँ साट्न सक्छन् । डेटिङलाई यादगार बनाउन सक्छन् । यो एक प्रख्यात पार्क पनि हो । यहाँको मञ्जुश्री गुफा अझ धेरै चर्चित छ ।

८) भक्तपुर दरबार स्क्वायर


उपत्यकाको अर्को एक रमणीय डेटिङ स्पट हो भक्तपुर दरबार स्क्वायर । भक्तपुरको प्रमूख पर्यटकीय केन्द्र समेत रहेको यो ठाउँ प्रेमी जोडीहरुको पनि रोजाइमा पर्ने स्थान हो । यहाँको दृश्य मन्दिरको कलाकृति आदि आकर्षण हुन् । यो सँगै रहेको सिद्धपोखरी पनि उक्तिकै प्रख्यात छ यसलाई कतिपय किसिङ स्पट समेत भन्ने गरेका छन् । यो बिशाल पोखरीको किनारमा दजनौँ प्रेमी जोडीहरु प्रेम साटी रहेको दृष्य देख्न सकिन्छ ।

९) साँगा भक्तपुर


साँगा पनि प्रमी जोडीहरुका लागि एक उपयुक्त गन्तब्य हो । यो भक्तपुर र काभ्रेको सीमानामा अवस्थित छ । शिवको अग्लो मूर्तिका कारण पनि यो ठाउँ प्रख्यात छ । हुन त भारतीय ब्यापारीले निर्माण गरेको यो मुर्तिको आकार र अनुहार शिव भगवानसँग उतिसारो मिल्दो छैन ।

१०) त्रिभुवन पार्क


थानकोट स्थित त्रिभुवन पार्क पनि उपत्यकाको एक गन्तब्य हो । स्वर्गीय राजा त्रिभुवनको सम्झनामा बनाइएको यो पार्कको सुन्दरताका कारण पनि यो युवाहरुको रोजाइमा पर्ने गरेको छ । यहाँबाट हिमाल देख्न सकिन्छ भने यहाँसम्म पुग्न यातायातको सुविधा पनि सहज छ । काठमाडौँको कोलाहल भन्दा अलि पर रहेको यो ठाउँमा पनि प्रेमी जोडीहरुका लागि मायाँ साट्ने उपयुक्त वातावरण छ । हुन त यो पिकनिक स्पटका रुपमा पनि परिचित त तर तपाई यहाँ मज्जाले घुम्न प्रेमका अनुभूतिहरु एक अर्काबीच साट्न सक्नुहुन्छ ।

मूलत काठमाडौँ उपत्यकाका प्रमूख डेटिङ स्पटहरु यी हुन् अलिकति खर्च गर्नेहरुका लागि यी ठाउँहरु उपयुक्त हुन सक्छन् । अथवा यसका साथै अन्य रत्नपार्क, बालाजु पार्क, यूएन पार्क लगायतका अन्य धेरै ठाउँहरु छन् जहाँ घुमेर आनन्द लिन सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *