धौवादीको फलाम खानी छिट्टै सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली

नवलपुर । प्रधानमन्त्री केपी ओलीले नवलपारसीमा भेटिएको फलाम खानी छिट्टै सञ्चालन हुने उद्घोष गर्नुभएको छ । पूर्वी नलपरासीको कावासोतीमा सनिबार नवलपुर जिल्ला सदरमुकामको उद्घाटन गर्न यहाँ आइपुग्नु भएका ओलीले फलाम खानी सञ्चालनको प्रक्रिया अगाडि बढाएको बताउनुभएको हो ।

‘धौवादीमा रहेको फलाम खानी हामी सकेसम्म छिट्टै सञ्चालन गर्छाैँ,’ उहाँ भन्नुभयो, ‘त्यसले यहाँको रोजगारी, जनजीवन, आम्दानी, बिकास हरेक कुरामा परिवर्तन ल्याउँछ । देशको अर्थतन्त्रमा पनि परिवर्तन ल्याउँछ ।’

फलाम खानीका बारेमा बिस्तृत अध्ययन गर्न चीन पठाइएको रिपोर्ट सकारात्क आएको समेत उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि शुसासन कायम गर्दै एकताबद्ध रुपमा समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो । ‘हामी एकताबद्ध भएर शुसासन र बिकासको बाटोमा गाडी बढ्नुपर्छ समृद्ध नेपाल सुखी नेपाली हाम्रो साझा आकांक्षामा हामी पुग्नु पर्छ यो आकांक्षा हामी प्राप्त गर्न सक्छौँ ।’ उहाँले भन्नुभयो ।

सरकारले बिकासन निर्माणको काममा तिब्रता दिएकाले अब देश बिकासमा धेरै समय नलाग्नेसमेत उहाँले दाबी गर्नुभयो । ‘यस वर्ष मात्रै ४ सय झोलुङ्गे पुल तयार भए ४० ओटा तुइन भत्काइए यसै गरी काम हुन्छ भने देश बन्न कति समय लाग्ला र ? उहाँले भन्नुभयो, ‘यस वर्ष मात्रै सयौँ पक्की पुल बने ८ सय किलोमिटर बाटो कालोपत्रे भयो ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भविश्यमा पहाड छेडेर टनेलको बिकास गर्नेदेखि पूर्वपश्चिम रेल सञ्चालन गर्ने पूरानै आश्वासनमेत दोहो¥याउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले हामी पहाडबाटै बाटो ल्याउँछौँ केही वर्षपछि पहाड छेडेर त्यसलाई टनेलका रुपमा बिकास गछौँ ।’

प्रधानमन्त्री ओलीले ७७ वटै जिल्लाको सदरमुकाममध्ये नमुना सदरमुकाम नवलपुर हुने भन्दै अब यहाँको सुकुम्बासी समस्या समाधान गरेरै छाड्ने बताउनुभयो । मूलुक कृषि, पर्यटन र उद्योगसँगै बिकासको तीव्र गतिमा अगाडि बढेको हुँदा यसमा सरकारलाई सहयोग गर्न पनि सबैमा आग्रह गर्नुभयो ।

मूलुक संघीय संरचनामा गएपछि नवलपरासी दुई जिल्लामा बिभाजन गरिएको थियो । नवलपुरको सदरमुकाममा संघीय र प्रदेश स्तरका एकिकृत सरकारी कार्यालयहरु सञ्चालनको लागि सरकारको नाममा १ सय ७९ विघा जग्गा व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *