बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पहिलो पाइलाद्धारा ८० विद्यार्थीलाई झोला सहित स्टेशनरी सहयोग – फोटो फिचर
पाल्पा,वैशाख ७ ।
सुनिल कार्की ।
पहिलो पाईला नेपाल पाल्पा शाखाले जिल्लाको रिब्दिकोट गाउँपालिकामा भाग्य बोक्ने झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । रिब्दिकोट –२ देउरालीमा रहेको आदर्श माध्यमिक विद्यालयमा ८० जनालाई झोला सहित कपि,डटपेन,पेन्सिल, इलेजर,कटर ,जोमेट्रि बक्स वितरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सभापति दयाराज बस्याल, विशिष्ट अतिथि जिल्ला समन्वय उपसभापति मिरा मरासिनी, रिब्दिकोट गाउपालिका प्रमुख नारायण बहादुर जिसि, राम बहादुर कार्की, विशिष्ट अतिथि पहिलो पाइला नेपालका केन्द्रीय अध्यक्ष प्रतिभा जिसि, विशिष्ट अतिथि नेपाली कांग्रेस पाल्पाका सचिव अजयमान कर्मचार्य, अतिथि केन्द्रीय सहसचिव सुरज गिरि, वडा नं २ का वडा अध्यक्ष रामचन्द्र नेपाल, पहिलो पाईला नेपालका बुटवल शाखा सचिव आयुष पौडेल लगाएतले पहिलो पाइलाले गरेको कार्यको प्रशंसा गर्नुका साथै निरन्तरताको कामना गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि जिल्ला समन्वय समिति सभापति दयाराज बस्यालले आगामि दिनमा यसै संस्था संग संयुक्त कार्यक्रम गर्दै जाने बताउनुभयो ।
त्यस्तै वडा अध्यक्ष रामचन्द्र नेपालले पहिला नेपालले जिल्लामा नमुना काम गर्दै गएकोमा बधाई तथा शुभकामना दिनु भयो । यस्तै नेकपा,नेका लगाएत पार्टी प्रतिनिधिले आगामि दिनमा सहकार्य मार्फत कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रम पाल्पा शाखा अध्यक्ष ईश्वर ज्ञवालीको अध्यक्षता , शाखा सचिव दिपक पाण्डेको सञ्चालन र स्वागत शाखा उपाध्यक्ष अस्मिता जिसिले गर्नुभएको थियो ।