घुम्टे युवा परिवारद्वारा बेसाहारा वृद्व दम्पतीलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

कौरव खत्री
बागलुङ ।  घुम्टे युवा परिवार मल्म बागलुङले गलकोट नगरपालिका ९ छिसका बेसाहारा वृद्व दम्पतिलाई खाद्यान्न र विस्तारा सेट सहयोग गरेको छ । संस्थाका सल्लाहकार संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटाको विशेष उपस्थितिमा छिसका ७८ वर्षिय चन्द्र बहादुर रामजाली उनकी श्रीमती ८० वर्षीय सरस्वती रामजालीलाई २ बोरा चामल, दाल, नुन, तेल, चिनी, चियापत्तीसँगै विस्तारा सेट सहयोग प्रदान गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयाे ।

 बेसाहारा रामजाली परिवारलाई दिनहुॅ छाक टार्न मुस्किल हुँदै आईरहेको र यसले थोरै भएपनि राहत पुग्ने स्थानीय पत्रकार मित्र खरेलले बताउनुभयाे । साथै राहत हस्तान्त्रण पछि रामजाली दम्पति खुसी भएका छन् । गलकोट नगरपालिका वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटामार्फत उक्त सामाग्री ग्रहण गरेका थिए ।

साथै रामजाली परिवार नेपाल सरकारले प्रदान गर्ने वृद्व भत्ताकै भरमा जीवन बिताईरहेको समाचार केही हप्ता पहिले सामुदायिक रेडियो गलकोट एफ एमले प्रशारण गरेपछि यसको प्रभाव परेको हाे । उनीहरुलाई बिहान बेलुका छाक टार्न दैनिक उपभोग्य सामाग्री र न्यानो विस्ताराको अभाव भएको भन्दै संस्थाले खाद्यान्न तथा कपडा सहयोग गरेको संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले बताउनुभयाे ।

२०४१ सालमा स्थापना भइ आएको संस्थाले स्थानीयस्तरमा समय समयमा तालिम, गोष्ठी, युवा जागरण कार्यक्रम, टोल सरसफाई, जनचेतनामुलक कार्यक्रम, विकृति विसंगति न्यूनीकरण अभियानसॅगै खेलकुद कला संस्कृतिको संरक्षण र पर्यटन प्रर्वदनमा टेवा पुराउदै आएको कोषाध्यक्ष सन्त भण्डारीले बताउनुभयाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *