स्थानीय खेलाडीको खेल जीवन अव ब्यवसायिक बनाउनु पर्छ : नगरप्रमुख सापकोटा

कौरव खत्री
गुल्मी । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिकाले भौतिक पूर्वाधार विकास गरी खेलकुदलाई अगाडी बढाएको बताउनुभएकोक छ । विहिवार मुसिकोट नगरपापलकाको वडा नं. ७ वामीटक्सारमा नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीद्धारा आयोजित मुसिकोट नगर रनिङ्गकप वडा स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले मुसिकोट खेलकुद क्षेत्रमो बिकासमा लागेको बताउनुभएको हो ।

‘टोल र वडा हुँदै नगरस्तरमा समेत खेलकुदको विकास गर्न पूर्वाधार निर्माणको काम भइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘यसले खेलकुदको विकासमा निकै फाइदा पुगेको छ । अवको खेलकुद हिजो जस्तो केही समय खेल्ने र छोड्ने नभइ खेल जीवन व्यवसायिक बनाउदै खेलाडी अगाडी बढ्नुपर्छ ।’

उहाँले नगरको पहिलो खेल भएकाले केही कमीकमजोरीहरुलाई भावी दिनमा सुधार गदै अगाडी बढाइने बताउनुभयो । सापकोटाले ग्वादिकाचौरलाई नगर स्तरीय रङ्गशाला निर्माण गर्ने गरि केही काम अगाडी बढेको बताउनुभयो ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित विहिवार देखि शुरु गरिएको भलिवल प्रतियोगितामा नगरभित्रका सबै वडाबाट गरि २३ समूहको सहभागिता रहेको छ ।

उक्क्त प्रतियोगितामा प्रथम हुने समूहले नगद रु. ५० हजारसहित कप मेडल र प्रमाण पत्र, द्धितीय हुने समूहले नगद रु.३० हजारसहित कप मेडल र प्रमाण पत्र र तृतीय हुने समूहले नगद २० हजार सहित कप मेडल र प्रमाण पत्र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै भलिवल खेलका विभिन्न विधाबाट उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

भलिवल खेल मुसिकोट नगरपालिका वडा नं.७ वामीटक्सारमा सञ्चालन भइरहेको खेल ७ गते शनिवारसम्म सञ्चालन हुने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *